back
CTIZAN AD

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित

वि.सं.२०७८ वैशाख ५ आइतवार

831 

shares

५ बैशाख, तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ भारी मतले निर्वाचित भएका छन् ।

जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ छ मत ल्याएर विजयी भएका छन् । उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरेका थिए । श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी भएका हुन् । सो अवसरमा २३ मत बदर भएको थियो ।

अध्यक्ष पदका मिश्र र श्रेष्ठ दुई जनाको उम्मेदवारी रहेपछि निर्वाचन प्रक्रियामा गएको हो । अर्का उम्मेदवार अर्जुन अधिकारीले भने यसअघि नै आफ्नो उम्मेदवारी फिर्ता गरिसकेका थिए । सबैभन्दा बढी मत रहेको दमौलीमा एक हजार ८५, आँबुखैरेनी ३४७, डुम्रे २६१, थर्पु १२१, सत्रसय ४७, विमलनगर ४१ र बन्दीपुर ४८ सदस्य सङ्ख्या रहेको सङ्घकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् । सङ्घको अध्यक्ष पद दाबी गर्दै लोकतान्त्रिक खेमाका श्रेष्ठ र बैकुण्ठनाथ मिश्र चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएको थियो । सङ्घको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, सङ्घको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भएका छन् ।

वि.सं.२०७८ वैशाख ५ आइतवार ०९:०६ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...