back

बंगलादेशमा कोरोना संक्रमणबाट शनिबार पनि १०० जनाको मृत्यु

वि.सं.२०७८ वैशाख ५ आइतवार

387 

shares
GLOBAL IME AD
NTC AD

५ चैत, ढाका । बङ्गलादेशले शनिबार कोभिड–१९ बाट १०१ जनाको मृत्यु भएको जानकारी गराएको छ ।
बङ्गलादेशमा लगातार दोस्रो दिन कोभिड–१९ सङ्क्रमित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र यसलाई सरकारी अधिकारीले महामारीको दोस्रो लहरका कारण आएको सङ्कटपूर्ण अवस्था भनेका छन् ।

बङ्गलादेशको स्वास्थ्य सेवा महा निर्देशनालयका अनुसार शनिबार तीन हजार ४७३ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या बढेर सात लाख १५ हजार २५२ पुगेको छ । आधिकारिक तथ्याङ्कले देखाएअनुसार बङ्गलादेशभरि गत २४ घण्टामा १६ हजार १८५ नमूनाहरू परीक्षण गरिएको थियो ।

निर्देशनालयका अनुसार बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९सङ्क्रमण भई निको हुनेको सङ्ख्या छ लाख आठ हजार ८१५ पुगेको छ । यहाँ शनिबार निको हुनेको सङ्ख्या पाँच हजार ९०७ रहेको बताइएको छ । आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर अहिलसम्म ८५.१२ प्रतिशत कायम रहेको छ । सिन्ह्वा

वि.सं.२०७८ वैशाख ५ आइतवार ०९:२० मा प्रकाशित

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्ला । गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी...

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

जापानमा माइकोप्लाज्मा निमोनियाका विरामीको संख्यामा वृद्धि 

टोकियो । जापानमा माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ...

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

चीनको शहरी क्षेत्रमा २५ लाख नयाँ रोजगारी सिर्जना 

बेइजिङ ।    चीनले सन् २०२४ मा एक करोड २५...

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

टर्कीको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको...

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास)ले युद्धविराम सम्झौता अनुसार पहिलो...