back
CTIZAN AD

डा. समीरमणि दिक्षित भन्छन्–विना प्रश्न कोरोनाविरुद्धको खोप लगाउनुहोस्

वि.सं.२०७८ वैशाख ५ आइतवार

885 

shares

देशमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम तिब्ररुपमा बढिरहेकोले यसको रोकथामका लागि कोरोना विरुद्धको खोप बाहेक अन्य विकल्प पत्ता लागिसकेको छैन । नेपालमा दुई चरण गरेर झण्डै १९ लाखलाई कोरोनाको खोप द्रदान गरिसकिएको छ । तर, तर, जनमानसमा कोरोनाविरुद्धको खोप लगाएपछि त्यसबाट कस्तो असरपर्छ वा पर्दैन भन्ने ज्ञान नहुँदा खोप लिने भन्दा पनि नलगाउने भन्ने सोच राख्नेको संख्या बढी पाइन्छ ।

तिब्र रुपमा कोरोनाा संक्रमणको जोखिम बढिरहेका बेला विशेष अवस्थाका बाहेकका मानिसले प्रश्न नगरी खोप लगाउन सुझाव दिन्छन् जनस्वास्थ्य विज्ञ डा. समीरमणि दिक्षित ।

दिक्षितले धेरैले आफुलाई सम्पर्क गरेर उपलब्ध भएको कोरोनाको खोप लगाउने कि नलगाउने भनेर सोधिरहेकोले नलगाउने विकल्प नै नभएको र खोपले कडा संक्रमण र मृत्यबाट जोगाउने भन्दै विना प्रश्न उपलब्ध खोप लगाउन सुझाव दिएका हुन् ।

डा. दिक्षितले भनेका छन्–‘आफ्नो पालो आएको छ भने लगाइहाल्ने, जोखिम समुहले झनै लगाउने । केहि विशेष अवस्था भएकाले बाहेक अधिकांशले विना प्रश्न लगाउने । खोपले कडा संक्रमण र मृत्यबाट जोगाउंछ । त्यसैले लगाउने ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म १९ लाख ५८३ जनामा कोरोना विरुद्धको खोप लगाइसकिएको छ । माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु गरेर पहिलो चरणमा कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएर कामगर्नेहरुका लागि खोप प्रदान गरिएको थियो । जसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्सचालक, शबबाहन चालक लगायतलाई लगाइएको थियो ।

त्यस्तै फागुन २३ गतेदेखि लगाउन थालिएको दोस्रो चरणको खोप ५५ वर्षमाथिकालाई लगाइएको थियो । जसमा औषधि पसल र प्रयोगशालामा कामगर्नेहरु, विश्वविद्यालयमा र स्कुलका शिक्षक तथा कर्मचारीहरु, यातायातमा कामगर्ने कर्मचारीहरुमा पनि लगाइएको थियो ।

त्यसैगरी सरकारले बैशाख ७ गतेबाट पहिलो चरणमा खोप लिएकाहरुमा दोस्रो मात्राको खोप लगाइने घोषणा गरिसकेको छ ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १२:२४ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

यस्तो छ कालिमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौँ, २४ जेठ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...