back
CTIZAN AD

चिनको जिडिपिमा १८.३ प्रतिशतको वृद्धि

वि.सं.२०७८ वैशाख ६ सोमवार

708 

shares

एजेन्सी । कोरोना महामारीका वावजुद चीनको अर्थतन्त्रमा ब्यापक सुधार आएको छ । प्रत्येक त्रैमासिकमा अर्थतन्त्रको विवरण रार्वजनिक गर्दै आएको चिनले पहिलो त्रैमासमा सार्वजनिक गरेको विवरण अुसार उसको अर्थतन्त्रमा यस वर्ष तीव्र वृद्धि भएको हो।

शुक्रबार सार्वजनिक गरेको सरकारी तथ्यांक अनुसार पहिलो त्रैमासमा कूल गार्हस्थ उत्पादन (जीडीपी)  १८.३ प्रतिशतले वृद्धि भएको छ । कोरोनाभाइरस महामारीका कारण केही समय शिथिल रहेको चिनिया अर्थतन्त्रमा यस वर्षको पहिलो त्रैमासमानै तीव्र वृद्धि भएको हो। चीनले विगत तीन दशकयतादेखि देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो।

यद्यपि, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो। राष्ट्रिय तथ्यांक ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्रो ढङ्‍गबाट अगाडि बढिरहेको बताइन् । गत मार्च महिनामा खुद्रा बिक्रीमा निकै बढी वृद्धि भएको छ। चिनियाँ अर्थतन्त्रको आधार स्तम्भको रुपमा रहेको उपभोक्ता क्षेत्रमा राम्रो प्रगति भएको तथ्यांकले देखाएको छ।

समग्र जीडीपीमा उलेख्य सुधार आएपनि औद्योगिक उत्पादन त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा केही कम अर्थात् २४.५ प्रतिशतले वृद्धि भएको छ। केही दिनअघि मात्र सार्वजनिक विवरणमा चीनको आयातभन्दा निर्यात मार्च महिनामा निकै बढेको देखाइएको थियो।

वि.सं.२०७८ वैशाख ६ सोमवार ११:११ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...