back
CTIZAN AD

लुम्बिनीमा मुख्यमन्त्रीको काउण्टर : आफुँविरुद्व हस्ताक्षर गरेका चार सांसदलाई मन्त्री बनाउँदै

वि.सं.२०७८ वैशाख ६ सोमवार

765 

shares

वैशाख ६, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफुविरुद्व अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका चार सांसदलाई मन्त्री बनाउने भएका छन् । पोखरेलले आफुँविरुद्वको अविश्वास प्रस्ताव दर्ता भएको केहि घण्टा नबित्दै जसपाका सांसदहरुलाई मन्त्री बनाउने भएका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका थिए । माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएका मन्त्रालय र अन्य दुई मन्त्रालय विभाजन गरेर पाेखरेलले मन्त्री थप्ने तयारी गरेका हुन् ।

नियुक्त हुने मन्त्रीको सोमबार नै सपथ ग्रहण गराउने तयारी छ ।

मन्त्री पोखरेलले आफुँविरुद्वको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई मन्त्री बनाउन लागेका हुन् ।

प्रदेशमा जसपाका ६ सांसद छन् । सोमबार दर्ता भएको अविश्वासको प्रस्तावमा ५ सांसदले हस्ताक्षर गरेका थिए ।

८७ सदस्यीय प्रदेशसभामा नेकपा (एमाले)का ४१ सांसद छन् । एमालेलाई बहुमत पुर्याउन थप दुई सांसदको आवश्यकता पर्दछ । मन्त्री थपको निर्णयसँगै मुख्यमन्त्रीको पक्षमा थप ६ सांसदको समर्थन हुनेछ ।

सम्बन्धित समाचार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्व अविश्वास प्रस्ताव दर्ता

वि.सं.२०७८ वैशाख ६ सोमवार १५:५० मा प्रकाशित

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...