back
CTIZAN AD

कर्णाली प्रकरण : माधव नेपालसहित २० जनामाथि थप कारबाहीको तयारी

वि.सं.२०७८ वैशाख ६ सोमवार

639 

shares

वैशाख ६, काठमाडौं । नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रकरणमा निलम्बित नेता माधवकुमार नेपालसहित २० नेतामाथि अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, प्रकाश ज्वालासहित २० नेताहरुमाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्न लगाउने र गर्ने सबै नेतामाथि २ दिनको समयसीमा दिँदै अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार बैठकले अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभए आगामी १० गते बस्ने अर्को बैठकले कारबाही गर्नेछ ।

गत शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदानमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका थिए । ४ सांसदको मतदानसँगै शाही सरकारले विश्वासको मत पाएको थियो ।

त्यस्तै बैठकले गत पुस ७ मा तत्कालिन नेकपा केन्द्रीय समितिमा मनोनित ११ सयभन्दा बढि सदस्यलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको छ । बैठकले आगामी साउन २५ देखि २७ गतेसम्म राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक राख्ने पनि निर्णय गरेको छ ।

वि.सं.२०७८ वैशाख ६ सोमवार १६:४५ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...