back

पोखरेलको सत्ता जोगाउँदा ६ सांसद भएको जसपाले पायो ४ मन्त्री

वि.सं.२०७८ वैशाख ६ सोमवार

432 

shares
GLOBAL IME AD
NTC AD

वैशाख ६, काठमाडौं । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का सांसद ६ जना मात्रै छन् । तर, ६ सांसद मात्रै भएको जसपाले ४ मन्त्री पाएको छ । राजनीतिक तानातानका बीच सोमबार जसपाका ४ सांसदले मन्त्री बन्ने अवसर पाएका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आफुँविरुद्व नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव असफल बनाउन ६ सांसद भएको जसपालाई ४ मन्त्री दिएका हुन् । उनले आफुँविरुद्वको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ४ सांसदलाई सोमबार नै मन्त्रीको सपथ पनि दिलाएका छन् ।

मुख्यमन्त्री पोखरेलले आफुँविरुद्व दर्ता अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसद सन्तोष पाण्डे, विजय यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई मन्त्री बनाएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद छन् । २ सांसदको समर्थनको अभावमा बहुमत गुमाएको प्रदेश सरकारविरुद्व सोमबार तीन दल मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जसलाई असफल बनाउने क्रममा मुख्यमन्त्री पोखरेलले ४ सांसदलाई मन्त्री बनाईदिएका हुन् ।

८ सदस्यीय मन्त्रीपरिषदमा एमाले र जसपा बराबर

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ८ मन्त्री छन् । सोमबार भएको मन्त्रिपरिषद पुर्नगठनसँगै ४ नेकपा एमाले र ४ जसपाका मन्त्री छन् ।
मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधार, भूमि व्यवस्था, कृषि तथा सहकारी, शिक्षा तथा सामाजिक र विकास मन्त्रालय जसपालाई दिएका छन् ।

वि.सं.२०७८ वैशाख ६ सोमवार १८:०३ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...