back
CTIZAN AD

पोखरेलको सत्ता जोगाउँदा ६ सांसद भएको जसपाले पायो ४ मन्त्री

वि.सं.२०७८ वैशाख ६ सोमवार

960 

shares

वैशाख ६, काठमाडौं । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का सांसद ६ जना मात्रै छन् । तर, ६ सांसद मात्रै भएको जसपाले ४ मन्त्री पाएको छ । राजनीतिक तानातानका बीच सोमबार जसपाका ४ सांसदले मन्त्री बन्ने अवसर पाएका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आफुँविरुद्व नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव असफल बनाउन ६ सांसद भएको जसपालाई ४ मन्त्री दिएका हुन् । उनले आफुँविरुद्वको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ४ सांसदलाई सोमबार नै मन्त्रीको सपथ पनि दिलाएका छन् ।

मुख्यमन्त्री पोखरेलले आफुँविरुद्व दर्ता अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसद सन्तोष पाण्डे, विजय यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई मन्त्री बनाएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद छन् । २ सांसदको समर्थनको अभावमा बहुमत गुमाएको प्रदेश सरकारविरुद्व सोमबार तीन दल मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । जसलाई असफल बनाउने क्रममा मुख्यमन्त्री पोखरेलले ४ सांसदलाई मन्त्री बनाईदिएका हुन् ।

८ सदस्यीय मन्त्रीपरिषदमा एमाले र जसपा बराबर

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित ८ मन्त्री छन् । सोमबार भएको मन्त्रिपरिषद पुर्नगठनसँगै ४ नेकपा एमाले र ४ जसपाका मन्त्री छन् ।
मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधार, भूमि व्यवस्था, कृषि तथा सहकारी, शिक्षा तथा सामाजिक र विकास मन्त्रालय जसपालाई दिएका छन् ।

वि.सं.२०७८ वैशाख ६ सोमवार १८:०३ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...