back
CTIZAN AD

विवाह, मलामीमा २५ जनामात्रै सहभागी हुन पाइने(यी हुन् अन्य निर्णयहरु)

वि.सं.२०७८ वैशाख ६ सोमवार

768 

shares

६ वैशाख, काठमाडौँ । कोरोना भाइरस(कोभिड १९) को प्रकोप बढेको भन्दै सरकारले २५ जना भन्दा बढी सहभागी हुन नपाइने आदेश जारी गरेको छ ।

सोमबार बिहान बसेको मन्त्री परिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले वैशाख मशान्त सम्म विवाह, न्वारन, महोत्सव, मलामी लगायतका धार्मिक कार्यमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको जानकारी गराएका हुन् ।

मन्त्री गुरुङले मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा पच्चीस जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र संचालन गर्नुपर्ने बताए ।

पार्टी प्यालेसमा विवाह लगायतका कार्य गर्नुपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिएर २५ जनाभन्दा बढी उपस्थित नहुनेगरी तथा सुरक्षा मापदण्ड पालना गर्ने गरी गर्न सकिने सरकारद्वारा जारी आदेशमा जनाइएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँ वैशाखभर बन्द गर्नुपर्ने भएको छ ।

त्यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने आदेशमा उल्लेख छ ।

सभा, सम्मेलन गर्दा भर्चुअल माध्यमबाट गर्न यदि भौतिक उपस्थित भएर गर्नुपर्ने कार्यक्रम भए २५ जना भन्दा बढी सहभागी नहुन भनिएको छ ।

 

वि.सं.२०७८ वैशाख ६ सोमवार १९:५४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...