back
CTIZAN AD

६ महानगरपालिकासहित ४० स्थानीय तहका शैक्षिक संस्थाहरु बन्द, यी हुन् शैक्षिक संस्था बन्द हुने जिल्लाहरु

वि.सं.२०७८ वैशाख ६ सोमवार

816 

shares

६ वैशाख, काठमाडौं । सरकारले सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै ६ महानगरपालिकासहित ४० स्थानीय तहका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

जस अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु बन्द रहने छन् । तर ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समोवश गरिएको छैन ।

त्यस्तै उपत्यकाबाहिर बिरागनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु तथा इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु पनि वैशाख मसान्तसम्म बन्द हुनेछन् ।

मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलीखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर, र भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु पनि बन्द रहने छन् ।

यी स्थानमा भर्चुअल माध्यमबाट पठनपाठनको ब्यबस्था मिलाउनु पर्ने निर्णय सरकारले गरेको छ । उल्लेखित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुबाहेक अन्य नगरपालिका र गाउँपालिकाका शैक्षिक संस्थाहरुको पठन–पाठन भने सुचारु हुने सरकारले जनाएको छ ।

त्यस्तै पूर्वनिर्धारित परीक्षा कोरोना भाइरसविरुद्धको मापदण्ड पालना गरी सञ्चालन गर्न अनुमति दिने भएको छ । सरकारले कोरोना भाइरससँग सम्बन्धित मन्त्रिपरिषद्ले जारी गरेको आदेशअनुसार पहिल्यै तय भएका परीक्षा सञ्चालन अनुमति दिएको हो ।

त्यस्तै ट्युसन सेन्टर, तालिम पनि बैशाख महिनासम्म बन्द गर्नुपर्ने भएको छ ।

वि.सं.२०७८ वैशाख ६ सोमवार २०:१७ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...