९ बैशाख, काठमाडौं । हाल देशैभरी स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ ।
आज देशभर आँशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्टयाङ्ग\हावाहुरी सहित क्षणिक\हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी राति पनि देशभर पहाडी भू–भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन\चट्टयाङ्ग\हावाहुरी सहित क्षणिक\हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ वैशाख ९ बिहीवार ०९:०३ मा प्रकाशित






























