
९ वैशाख, काठमडौँ । यस आईपिएलमा चेन्नाई सुपर किंग्सले आफ्नो लगातार तेस्रो जित हासिल गरेको छ । हिजो मुम्बईको मैदानमा भएको खेलमा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाईट राइडर्सलाई १८ रनले पराजित गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ्ग गरेको चेन्नाई २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाएको थियो । चेन्नाईका लागि ब्याटिङ्गमा फाफ डुप्लेसिसले ६० बलमा ९५ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी रुतुराज गायकवाडले ६२, मोइन अलिले २५, महेन्द्र सिंह धोनीले १७ र रविन्द्र जडेजाले ६ रनको पारी खेलेका थिए । कोलकत्ताका लागि बलिङ्ग तर्फ भने वरुण, नारायण र रसलले समान १/१ विकेट लिएका थिए ।
२२१ रनको विशाल लक्ष्य पछाएको कोलकत्ताको टिम १९.१ ओभरमा २०२ रन बनाएर अलआउट हुन पुगेको थियो । कोलकत्ताका लागि ब्याटिङ्गमा प्याट कमिन्सले ३४ बलमा ६४ रनको विस्फोटक पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । चेन्नाईका लागि बलिङ्गमा दिपक चाहरले उत्कृष्ट बलिङ्ग गदैँ ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका थिए ।
लगातार ३ खेलमा जित निकालेका चेन्नाई अकं तालिकामा ६ अकं सहित शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी पराजित भएको कोलकत्ता भने छैठौँ स्थानमा झरेको छ ।
वि.सं.२०७८ वैशाख ९ बिहीवार ०८:४० मा प्रकाशित