back
CTIZAN AD

चेन्नाईका लगातार तेस्रो जित, कोलकत्ता १८ रनले पराजित

वि.सं.२०७८ वैशाख ९ बिहीवार

681 

shares

९ वैशाख, काठमडौँ । यस आईपिएलमा चेन्नाई सुपर किंग्सले आफ्नो लगातार तेस्रो जित हासिल गरेको छ । हिजो मुम्बईको मैदानमा भएको खेलमा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाईट राइडर्सलाई १८ रनले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ्ग गरेको चेन्नाई २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाएको थियो । चेन्नाईका लागि ब्याटिङ्गमा फाफ डुप्लेसिसले ६० बलमा ९५ रनको विस्फोटक पारी खेलेका थिए । त्यसैगरी रुतुराज गायकवाडले ६२, मोइन अलिले २५, महेन्द्र सिंह धोनीले १७ र रविन्द्र जडेजाले ६ रनको पारी खेलेका थिए । कोलकत्ताका लागि बलिङ्ग तर्फ भने वरुण, नारायण र रसलले समान १/१ विकेट लिएका थिए ।

२२१ रनको विशाल लक्ष्य पछाएको कोलकत्ताको टिम १९.१ ओभरमा २०२ रन बनाएर अलआउट हुन पुगेको थियो । कोलकत्ताका लागि ब्याटिङ्गमा प्याट कमिन्सले ३४ बलमा ६४ रनको विस्फोटक पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । चेन्नाईका लागि बलिङ्गमा दिपक चाहरले उत्कृष्ट बलिङ्ग गदैँ ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका थिए ।

लगातार ३ खेलमा जित निकालेका चेन्नाई अकं तालिकामा ६ अकं सहित शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी पराजित भएको कोलकत्ता भने छैठौँ स्थानमा झरेको छ ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार ०८:४० मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...