back
CTIZAN AD

प्रणय दिवसका लागि भारतबाट ५० लाखको गुलाब आयात गरिने

वि.सं.२०७३ माघ २२ शनिवार

831 

shares

roseशर्मिला पाठक, २२ माघ, काठमाडौँ, । पे्रमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ ।

स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय नेपालमा पुष्पखेती गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि हुँदै गए पनि आत्मनिर्भर बन्न सकेको अवस्था छैन ।

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि अझै खपत हुने फूलको करिब १८ प्रतिशत अन्य मुुलुकबाट ल्याउनुपर्ने बाध्यता छ । “बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतबाट फूल ल्याउन आवश्यक छ” श्रेष्ठले भन्नुभयो, “थोरै अभाव भए मात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य उच्च दरमा बढाउँछन् र उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुन्छन् ।”

गुलाब भारतबाट आयात गर्दा प्रतिस्टिक रु ३० देखि ३५ सम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्ति लागतका आधारमा उपभोक्ताले रु ४० देखि १०० भन्दा बढी मूल्यमा किन्नुपर्ने अवस्था नआउने एसोसिएसनले जनाएको छ । हरेक वर्ष फेब्रुअरी १४ माका प्रणय दिवस९भ्यालेन्टाइन डे० मनाइँदै आएको छ ।
दुई लाख स्टिक रातो गुलाब
यस वर्षको प्रेम दिवसका लागि दुई लाख स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । खपत हुने गुलाबमध्ये एक लाख स्वदेशी उत्पादन हुनेछ भने बाँकी एक लाख भारतबाट ल्याइने छ । गत वर्ष पनि सोही अनुपातमा गुलाबको कारोबार भएको थियो । हरेक वर्ष रु एक करोड गुलाबको आर्थिक कारोबार हुने गरेको छ ।

काठमाडौँ उपत्यका र चितवनमा विशेषगरी रातो गुलाबको व्यावसायिक रुपमा खेती हुँदै आएको छ । नेपालमा वार्षिक रुपमा रु डेढ अर्बको फूलको आर्थिक कारोबार हुने गरेको छ । तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हँुदै आएको छ । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताउनुहुन्छ ।

प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ । अस्टे«लिया र मलेसियामा तिहारमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।

पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा छ सय प्रजातिका फूल उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ ।

वि.सं.२०७३ माघ २२ शनिवार ०४:५२ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...