वैशाख ९, काठमाडौं । नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाएका छन् । उनले स्पष्टीकरणमा लगाइएका आरोप आपत्तिजनक र तर्कहिन भएको बताए छन् ।
स्पष्टीकरण खनालले ओली स्वंयले पार्टीको विधि र विधान विपरित कार्य गरेको आरोप लगाएका छन् । उनले आफुँ र आफुँ पक्षलाई ‘अलग पार्टी खोलेको’ भनि लगाएको आरोप आपत्तीजनक भएको पनि बताएका छन् ।
स्पष्टीकरणमा खनालले आफुँ निर्वाचित वरिष्ठ नेता भएको भन्दै पदअनुसार पार्टीभित्र आवश्यकताअनुसार आलोचना र विरोध गर्न सक्ने हैसियत भएको बताए । ओलीले स्पष्टीकरण पत्रमा लगाएका आरोपबारे खनाले निराधार, कपोलकल्पित, पूर्वाग्रह र परपीडक चिन्तनबाट ग्रसित भएको बताएका छन् ।
यस्तो छ खनालले बुझाएको स्पष्टीकरण
वि.सं.२०७८ वैशाख ९ बिहीवार १८:०१ मा प्रकाशित