back
CTIZAN AD

ओलिसँग नजाने वामदेवको घोषणा

वि.सं.२०७८ वैशाख १० शुक्रवार

717 

shares

१० वैशाख, काठमाडौँ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले नजाने घोषणा गरेका छन् ।

बिहिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे डिनर मिटिङमा प्रधानमन्त्री ओलीले उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको प्रस्ताव अस्वीकार गर्दै नेता गाैतमले यस्तो घोषणा गरेका हुन्र ।

प्रधानमन्त्रीले आफूसँग पार्टी काममा फर्कन अनुरोध गरेको अनुरोधलाई नेता गौतमले अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

गत फागुन २८ गते प्रधानमन्त्रीबाट भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गर्दा नहुने ‘ती निर्णय फिर्ता हुदैनन्’ भनेसँग नेता गौतमले ुत्यसो भए सँगै आउन नसक्ने’ जवाफ दिएको सञ्जालमा उल्लेख छ ।

सञ्जालमा लेखिएको छ ‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ। वामदेव गौतम १० वैसाख २०७८’

उनको यो घोषणा सँगै आज बस्ने नकेपाको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकमा समेत उनी सहभागी नहुने भएका छन् ।

यसअघिको बैठकमा सहभागी नभएपनि डिनर मिटिङपछि आजको बैठकमा नेता गौतम सहभागी हुने अपेक्षा गरिएको थियो ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार ०८:०२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...