back

ओलीसँग कहाँ कुरा मिलेन ? जनकपुर पुगेर माधव नेपालले सार्वजनिक गरे भित्रि कुरा

वि.सं.२०७८ वैशाख १० शुक्रवार

321 

shares
GLOBAL IME AD
NTC AD

वैशाख १०, काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दुई चरणमा वार्ता भयो । नेताहरुबीच दुई चरणमै ‘वान टु वान’ वार्ता भएको थियो । लामो संवादहिनता र कटुतापश्चात भएको छलफलले एमालेमा विवाद समाधान हुने आशाको सञ्चार गराएको थियो । तर, वान टु वान वार्ता अर्थहिन रहेको खुलेको छ ।

नेता माधवकुमार नेपालले बताएअनुसार छलफल एजेण्डा केन्द्रीतभन्दा दम्भ प्रदर्शन गर्ने मेसो मात्रै हुन पुगेको थियो । उनका अनुसार बिहिबारको छलफलमा ओलीले धरहरा देखाउने र आफ्ना कामका चर्चा गर्ने बाहेक अन्य गतिलाे कुरा गरेनन् । नेता नेपालका अनुसार पार्टीमा देखिएका समस्याबारे कुरा राख्दा ओलीले सिधै हुन्न भनेर अस्वीकार गरिदिए ।

‘अस्तिको छलफलले केहि आशा जगाएको थियो तर त्यो टिकेन’, नेता नेपालले जनकपुरमा भनेका छन्, ‘हिजो धरहरा हेरेर उहाँले दम्भ देखाईरहनु भएको थियो, उहाँले पार्टी समस्यालाई पेलेर जान सकिने सोंच्नु भएको रहेछ, तर हामीले आन्दोलन छोड्ने कुरा हुँदैन्, हामी जनता र पार्टीलाई समेटेर आन्दोलनलाई अगाडि बढाउँछौं ।’

उनले ओलीसँगको छलफलमा आफुँले पार्टीलाई जेठ २ मा फर्कन आग्रह गरेको बताए । तर, छलफलमा ओलीले आफ्नो निर्णयबाट पछाडि हट्न तयार नरहेको स्पष्ट पारेका थिए ।

आफुँहरुले ओलीको अध्यक्ष पद, प्रधानमन्त्री खोस्न नखोजेको नेता नेपालको भनाई छ । ‘हामी उहाँको अध्यक्ष पद, प्रधानमन्त्री पद खोस्न खोजेका छैनौं, तर पार्टीलाई त सिस्टममा अगाडि बढाउनु पर्यो, हाम्रो माग विधि र विधानअनुसार पार्टीलाई अगाडि बढाउनु पर्यो भन्ने हो’, उनले भनेका छन् ।

उनले पार्टीका सहकर्मीसँग छलफल गरेर नै ओलीसँग वार्ता गर्न गएको बताए । आफुँलाई विश्वासै नलागे पनि नेताहरुको दबाबका कारण आफुँ ओलीसँग वार्तामा सहभागी भएको उनको भनाई छ ।

‘मैंले भनेको थिएँ, बालुवा पेलेर तेल निस्कनेवाला छैन्, बालुवाटारको बालुवामा तेल छँदै छैन् भनेको थिएँ, त्यैपनि साथीहरुले पेल्नुस न एकचोटी भनेपछि ल ठिक छ भनेर कोसिस गरेँ’, नेपालले भनेका छन्, ‘अब नयाँ ढंगबाट अगाडि बढ्छौं, फेरि पेल्न लागिन्न ।’

वि.सं.२०७८ वैशाख १० शुक्रवार १२:५५ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...