back
CTIZAN AD

ओलीसँग कहाँ कुरा मिलेन ? जनकपुर पुगेर माधव नेपालले सार्वजनिक गरे भित्रि कुरा

वि.सं.२०७८ वैशाख १० शुक्रवार

660 

shares

वैशाख १०, काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दुई चरणमा वार्ता भयो । नेताहरुबीच दुई चरणमै ‘वान टु वान’ वार्ता भएको थियो । लामो संवादहिनता र कटुतापश्चात भएको छलफलले एमालेमा विवाद समाधान हुने आशाको सञ्चार गराएको थियो । तर, वान टु वान वार्ता अर्थहिन रहेको खुलेको छ ।

नेता माधवकुमार नेपालले बताएअनुसार छलफल एजेण्डा केन्द्रीतभन्दा दम्भ प्रदर्शन गर्ने मेसो मात्रै हुन पुगेको थियो । उनका अनुसार बिहिबारको छलफलमा ओलीले धरहरा देखाउने र आफ्ना कामका चर्चा गर्ने बाहेक अन्य गतिलाे कुरा गरेनन् । नेता नेपालका अनुसार पार्टीमा देखिएका समस्याबारे कुरा राख्दा ओलीले सिधै हुन्न भनेर अस्वीकार गरिदिए ।

‘अस्तिको छलफलले केहि आशा जगाएको थियो तर त्यो टिकेन’, नेता नेपालले जनकपुरमा भनेका छन्, ‘हिजो धरहरा हेरेर उहाँले दम्भ देखाईरहनु भएको थियो, उहाँले पार्टी समस्यालाई पेलेर जान सकिने सोंच्नु भएको रहेछ, तर हामीले आन्दोलन छोड्ने कुरा हुँदैन्, हामी जनता र पार्टीलाई समेटेर आन्दोलनलाई अगाडि बढाउँछौं ।’

उनले ओलीसँगको छलफलमा आफुँले पार्टीलाई जेठ २ मा फर्कन आग्रह गरेको बताए । तर, छलफलमा ओलीले आफ्नो निर्णयबाट पछाडि हट्न तयार नरहेको स्पष्ट पारेका थिए ।

आफुँहरुले ओलीको अध्यक्ष पद, प्रधानमन्त्री खोस्न नखोजेको नेता नेपालको भनाई छ । ‘हामी उहाँको अध्यक्ष पद, प्रधानमन्त्री पद खोस्न खोजेका छैनौं, तर पार्टीलाई त सिस्टममा अगाडि बढाउनु पर्यो, हाम्रो माग विधि र विधानअनुसार पार्टीलाई अगाडि बढाउनु पर्यो भन्ने हो’, उनले भनेका छन् ।

उनले पार्टीका सहकर्मीसँग छलफल गरेर नै ओलीसँग वार्ता गर्न गएको बताए । आफुँलाई विश्वासै नलागे पनि नेताहरुको दबाबका कारण आफुँ ओलीसँग वार्तामा सहभागी भएको उनको भनाई छ ।

‘मैंले भनेको थिएँ, बालुवा पेलेर तेल निस्कनेवाला छैन्, बालुवाटारको बालुवामा तेल छँदै छैन् भनेको थिएँ, त्यैपनि साथीहरुले पेल्नुस न एकचोटी भनेपछि ल ठिक छ भनेर कोसिस गरेँ’, नेपालले भनेका छन्, ‘अब नयाँ ढंगबाट अगाडि बढ्छौं, फेरि पेल्न लागिन्न ।’

वि.सं.२०७८ वैशाख १० शुक्रवार १२:५५ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...