
वैशाख १०, काठमाडौं । नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । गत वैशाख ६ को बैठकको निरन्तरताको रुपमा बसेको बैठकमा नेता माधव कुमार नेपाल पक्षीय नेताहरु भने सहभागी छैनन् ।
आजको बैठकले यसअघिको बैठकको निर्णयअनुसार माधव पक्षका २७ प्रतिनिधि सभा सदस्य र ५ प्रदेश सभा सदस्यमाथि सोधिएको स्पष्टीकरणमाथि थप कारबाही के हुने निर्णय लिन सक्ने बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण चित्तबुझ्दो नभए सांसद पदबाटै निष्कासन गर्ने चेतावनी दिएका छन् ।
यसबीच आजको बैठकले गत वैशाख ६ को बैठकमा पेस भएको सांगठनिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने जनाइएको छ । बैठकले केहि नेताहरुको कार्यविभाजनबारे बारे पनि निर्णय लिन सक्ने सम्भावना छ ।
सम्बन्धित समाचार
एमाले विवाद बढाउने निषेधपूर्णं निर्णयहरु, यस्तो छ निर्णय श्रृंखला