back
CTIZAN AD

नेपाल राफ्ट एन्ड कायाक च्याम्पियन

वि.सं.२०७८ वैशाख १० शुक्रवार

663 

shares

काठमाडौं, बैशाख १० गते । पाँचौं राफ्टिङ तथा नवौं कायाक स्लालम च्याम्पियनसिपअन्तर्गत राफ्टिङ स्पर्धाको उपाधि नेपाल राफ्ट एन्ड कायाक क्लब फिस्लिङले जितेको छ । स्प्रिन्टमा ९२, हेड टु हेडमा दुई सय, स्लालममा तीन सय ५० र डाउन वाटर रेसमा तीन सय २२ गरी नौ सय ६४ अंकका साथ नेपाल राफ्ट एन्ड कायाक क्लब च्याम्पियन बनेको हो ।

यसैगरी दोस्रो स्थान हात पारेको त्रिभुवन आर्मी क्लबले स्प्रिन्टमा ८६, हेड टु हेडमा एक सय ८४, स्लालममा दुई सय ६६ र डाउन वाटर रेसमा तीन सय एक गरी आठ सय ३७ अंक जोड्यो । तेस्रो स्थान हात पारेको प्याडल नेपालले स्प्रिन्टमा ७६, हेड टु हेडमा एक सय ५२, स्लालममा तीन सय एक र डाउन वाटर रेसमा दुई सय ८७ गरी आठ सय १६ अंक जोड्यो ।

नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपको उपाधि विजेता नेपाल राफ एन्ड कायाक क्लब फिस्लिङले २५ हजार नगद पुरस्कार प्राप्त ग¥यो । यस्तै दोस्रो भएको त्रिभुवन आर्मी क्लबले १५ हजार र तेस्रो स्थानमा चित्त बुझाएको प्याडल नेपालले १० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।

यसैगरी नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपतर्फ सुमन तामाङ पहिलो, राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात पारे । कायाक स्लालमतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीले क्रमशः सात हजार, चार हजार पाँच सय र तीन हजार नगद पुरस्कार प्राप्त गरे । महिलातर्फकी एक्ली सहभागी सुष्मा कठायतलाई प्रोत्साहन स्वरुप एक हजार पाँच सय नगद पुरस्कार प्रदान गरिएको थियो ।
मंगलबारबाट सुरु भएको च्याम्पियनसिपमा कायाकमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । यस्तै राफ्टिङमा १० टोलीले सहभागिता जनाएका थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष महेन्द्र थापालगायतले पुरस्कार प्रदान गरे ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार ११:०६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...