१० वैशाख, चरिकोट । नेपाली काँग्रेस दोलखाका नेता ,पुर्व सभापति देवी प्रसाद न्यौपानेको निधन भएको छ । न्यौपानेको बिहिबार रुखले किचेर निधन पारिवारिक स्रोतले जनाएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे स्थित घरनजिकै काटेको रुखको मुढा पल्टिएर किच्दा न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको दोलखाबाट प्रेम स्वामीले जनाएका छन् । स्वामीका अनुसार उनी नेपाली कांगे्रस दोलखाका पुराना नेता हुन । उनलाई दोलखामा सरल नेताको रुपमा मानिने गरिएको थियो ।
न्यौपानेको निधनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । सभापति देउवाले स्वर्गीय न्यौपानेले पार्टी संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको योगदानको उच्च सम्मान व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार १०:५८ मा प्रकाशित






























