back

८ अर्बको आइपीओ निस्काशन गर्ने तयारीमा एनआरएनए

वि.सं.२०७८ वैशाख १० शुक्रवार

117 

shares
NTC AD
Global IME AD

१० बैशाख, काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निस्कासन गर्ने तयारी गरेको छ । एनआरएनएले यसअघिनै नेपाल सरकारसँग मिलेर १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना गरिसकेको छ ।

अब उक्त फण्डले नेपालका कृषि, पर्यटन र पुर्वाधार क्षेत्रमा लगानि गर्ने तयारी गरेको छ । उक्त क्षेत्रमा कामगर्नका लागि हालसम्म १ सय ७० वटा परियोजनाका प्रस्ताव आइसकेको एनआरएनएका अध्यक्ष कुमार पन्तले बताए । ‘अहिलेसम्म हामीसँग १ सय ७० वटा परियोजनाका प्रस्ताव आएको छ, अबको ५-७ सातामै परियोजना सुरु हुन्छ,’ उनले भने ।

सुरुगर्न लागिएको परियोजनामा नेपाल सरकारको ५ प्रतिशत, सस्थापककाे १५  प्रतिशत  र बाँकी ८० प्रतिशत आइपीओ मार्फत संकलन गरिने भएको छ । तर, आईपीओ भने सार्क मुलुक बाहेकका गैर आवासीय नेपालीले मात्र खरिद गर्न पाउने भएका छन् ।

संघले पहिलो चरणमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएपनि यसलाई भविष्यमा बढाउदै १ वर्ष भित्रमै १ खर्ब पुर्‍याउने लक्ष्य राखेको छ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १७:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

आइपिओ बेच्नका लागि खाता खोल्नेको घुइँचो

नेपालगञ्ज । केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, चार अर्ब बढी कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...