back
CTIZAN AD

८ अर्बको आइपीओ निस्काशन गर्ने तयारीमा एनआरएनए

वि.सं.२०७८ वैशाख १० शुक्रवार

654 

shares

१० बैशाख, काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निस्कासन गर्ने तयारी गरेको छ । एनआरएनएले यसअघिनै नेपाल सरकारसँग मिलेर १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना गरिसकेको छ ।

अब उक्त फण्डले नेपालका कृषि, पर्यटन र पुर्वाधार क्षेत्रमा लगानि गर्ने तयारी गरेको छ । उक्त क्षेत्रमा कामगर्नका लागि हालसम्म १ सय ७० वटा परियोजनाका प्रस्ताव आइसकेको एनआरएनएका अध्यक्ष कुमार पन्तले बताए । ‘अहिलेसम्म हामीसँग १ सय ७० वटा परियोजनाका प्रस्ताव आएको छ, अबको ५-७ सातामै परियोजना सुरु हुन्छ,’ उनले भने ।

सुरुगर्न लागिएको परियोजनामा नेपाल सरकारको ५ प्रतिशत, सस्थापककाे १५  प्रतिशत  र बाँकी ८० प्रतिशत आइपीओ मार्फत संकलन गरिने भएको छ । तर, आईपीओ भने सार्क मुलुक बाहेकका गैर आवासीय नेपालीले मात्र खरिद गर्न पाउने भएका छन् ।

संघले पहिलो चरणमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएपनि यसलाई भविष्यमा बढाउदै १ वर्ष भित्रमै १ खर्ब पुर्‍याउने लक्ष्य राखेको छ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १७:३५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...