११ वैशाख, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह तथा श्रीमती कोमल साह अस्पताल भर्ना भएका छन् ।
कोभिड–संक्रमण भइ निर्मल निवासमा आइसोलेशनमा रहेका शाह दम्पती स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ ।
भारतको हरिद्वारमा गंगा स्थान गरेर स्वदेश फर्किएपछि शाह दम्पत्तीमा कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरु निर्मल निवासमा आइसोलेनमा बसेका थिए ।
वि.सं.२०७८ वैशाख ११ शनिवार १७:०५ मा प्रकाशित






























