back
CTIZAN AD

धरहरा चढ्दै प्रधानमन्त्रीले भने–आइफल टावर चढेजस्तै अनुभव भयो

वि.सं.२०७८ वैशाख ११ शनिवार

747 

shares

११ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन् ।
छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए ।

“इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २० औँ तलामा आएको छ, यो काठमाडौँ र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुशी लागेको छ”, उनले भने ।

म बनाउँछु, मेरो धरहरा अभियानअन्तर्गत रु २४ करोड जम्मा भएको पनि उनले कार्यक्रममा बताए । धरहरा ढल्दा हामीलाई आफैँ ढले जस्तो र ठडिँदा हामी बौरिएर उठेजस्तो अनुभव भएको धेरैले सुनाउने गरेको प्रधानमन्त्री ओलीले बताए । आधुनिक सामग्री प्रयोग गरेर नभत्किने खालको धरहरा निर्माण भएको जानकारी कार्यक्रममा गराइएको थियो ।

विसं २०७२ वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक÷एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन् । धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उहाँको प्रतिबद्धता छ ।

“विसं २०७८ मा राजधानीका सडकलाई सहयोगापेक्षी, बालबालिका र भिखारीमुक्त हुने गरी स्थापित गर्न लागिएको छ, अब कोही अलपत्र हुन्न, सरकारले अभिभावकत्व लिन्छ”, प्रधानमन्त्री ओलीले भने ।

खनिज एवं प्राकृतिक सम्पदालेयुक्त नेपाललाई सम्पन्न र दाता राष्ट्रका रुपमा अघि बढाउने योजनामा सरकार लागेको उनको भनाइ थियो । मोबाइल, कम्प्युटर, टेलिभिजनजस्ता जनतालाई आवश्यक सामग्री देशमै उत्पादन गर्ने गरी उत्पादक देशका रुपमा स्थापित गर्न लागिएको प्रधानमन्त्री ओलीले बताए ।

आयोजक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा सङ्ग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना पनि निर्माण भइरहेको बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धरहराको बार्दलीबाट काठमाडौँ उपत्यका स्वच्छ र सफा देखिएको बताए । रानीपोखरीको दोस्रो बिस्तारको चरणमा पनि काम शुरु गर्न लागिएको जानकारी उनले गराए । । काष्ठमण्डपको पुनःनिर्माणसमेत सम्पन्न हुन लागेको महानगर प्रमुख शाक्यले सुनाए ।

प्राधिकरणका सचिव मणिराम गेलालले सुन्धारा क्षेत्रमा धरहरा, भूकम्प एवं मुद्रा सङ्ग्रहालय, आकाशेपुल, पार्किङ, बगैँचालगायत संरचना निर्माणका लागि रु पाँच अर्ब ७६ करोड लागत अनुमान गरिएकामा रु तीन अर्ब ४८ करोडको लागतमा ठेक्का भई काम भइरहेको जानकारी गराए ।

विसं २०७५ पुस १२ गते शिलान्यास भएको धरहरालगायत संरचना जिआइटिसी/मण जेभी कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको जानकारी सो अवसरमा गराइएको थियो ।

वि.सं.२०७८ वैशाख ११ शनिवार १८:३४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...