back
CTIZAN AD

२५ जनाभन्दा बढी नहुने गरी सेवा प्रवाह गर्न धितोपत्र बोर्डको आग्रह

वि.सं.२०७८ वैशाख १२ आइतवार

612 

shares

१२ बैशाख, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले कोरोना सङ्क्रमणको खतरालाई मध्यनजर गरेर सेवाप्रवाहमा विशेष सावधानी अपनाउन सम्वद्ध सरोकारवालालाई आग्रह गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारीको सङ्क्रमण नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले जानकारी दिए ।

सेवा प्रवाहलाई निरन्तर अगाडि बढाउन कर्मचारीलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न र सेवाग्राहीको भीडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाहलाई विद्युतीय माध्यमको प्रयोग गर्ने तथा गराउने व्यवस्था मिलाउन भनिएको छ । बोर्डबाट अनुमपति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ संस्था तथा सम्पूर्ण व्यवसायीले कार्यालय हाताभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राहीबीच दुई मिटरको भौतिक दूरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।

कोरोनाको सङ्क्रमण फैलन नदिन विशेष आग्रह गर्दै बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीलाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आग्रह गरेको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार ०८:३२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...