back

२५ जनाभन्दा बढी नहुने गरी सेवा प्रवाह गर्न धितोपत्र बोर्डको आग्रह

वि.सं.२०७८ वैशाख १२ आइतवार

309 

shares
GLOBAL IME AD
NTC AD

१२ बैशाख, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले कोरोना सङ्क्रमणको खतरालाई मध्यनजर गरेर सेवाप्रवाहमा विशेष सावधानी अपनाउन सम्वद्ध सरोकारवालालाई आग्रह गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारीको सङ्क्रमण नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले जानकारी दिए ।

सेवा प्रवाहलाई निरन्तर अगाडि बढाउन कर्मचारीलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न र सेवाग्राहीको भीडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाहलाई विद्युतीय माध्यमको प्रयोग गर्ने तथा गराउने व्यवस्था मिलाउन भनिएको छ । बोर्डबाट अनुमपति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ संस्था तथा सम्पूर्ण व्यवसायीले कार्यालय हाताभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राहीबीच दुई मिटरको भौतिक दूरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।

कोरोनाको सङ्क्रमण फैलन नदिन विशेष आग्रह गर्दै बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीलाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आग्रह गरेको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार ०८:३२ मा प्रकाशित

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह...

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व...