back
CTIZAN AD

कृषकको बाख्रा फार्ममा इजरायली राजदूत

वि.सं.२०७८ वैशाख १२ आइतवार

729 

shares

१२ बैशाख, दमौली । नेपालका लागि इजरायली राजदूत हनन गोडरले तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीमा एक युवा कृषकको बाख्रा फार्म अवलोकन गरेका छन् ।

केही वर्षदेखि व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका शिवकुमार आलेको बाख्रा फार्म अवलोकनका लागि इजरायली राजदूत शनिबार तनहुँ आइपुगेका हुन् । बाख्रा फार्म अवलोकनपछि राजदूत गोडरले आलेको बाख्रापालन व्यवसायबाट आफू प्रभावित भएको बताए। युवाहरुले कृषिमार्फत नेपाललाई कसरी परिवर्तन गर्दैछन् भन्नेबारेमा प्रत्यक्ष अवलोकन गर्न पाएको बताउँदै उनले भने, “एउटा युवकले गरेको बाख्रापालनले मलाई मोहित बनायो ।”

उनले कृषि पेशालाई रहर मात्र नभई व्यावसायिक बनाउनुपर्ने सुझाव दिए। “कृषि रहर होइन, यो व्यवसाय हो, एउटा बाटो पनि हो”, उनले भने । कृषि अध्ययनका लागि इजरायल पुग्ने नेपाली युवाहरु निकै परिश्रमी भएको राजदूत गोडरको भनाइ थियो ।

कृषक आलेले बाख्रा फार्ममा राजदूत आउँदा आफू एकदमै उत्साहित भएको बताए । “बाख्रापालन शुरु गर्दा कुनै दिन राजदूत आएर गोठको अवलोकन गर्छन् भन्ने कल्पनासमेत गरेको थिइनँ”, उनले भने, “राजदूतको आगमनले मलाई हौसला मिलेको छ ।” चार वर्ष अगाडि साना किसान सहकारीमार्फत इजरायल पुगेर आधुनिक कृषि प्रविधिसम्बन्धी १० महिने अध्ययन सकेर आएपछि उनले बाख्रापालनलाई व्यावसायिकरूपमा अगाडि बढाएका छन् ।

पाथर्दीका ६० घरधुरीले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । बाख्रा बेचेर यहाँका कृषक वार्षिक रु डेढ लाखदेखि २० लाखसम्म आम्दानी गर्न सफल छन् । पाथर्दी गाउँबाट विसं २०७५ चैत १० गते मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ शुभारम्भ भएको थियो । स्थानीयवासीले दुई वर्षदेखि घरबाससमेत सञ्चालन गरेका छन् ।
रासस

वि.सं.२०७८ वैशाख १२ आइतवार १०:५७ मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...