back
CTIZAN AD

संक्रमणको चक्र रोक्न सकिएन भने केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन – मन्त्रालय

वि.सं.२०७८ वैशाख १२ आइतवार

711 

shares

१२ वैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण डरलाग्दो रुपमा फैलिएको भन्दै सर्वसाधारणलाई गम्भिर बन्न आग्रह गरेको छ ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमण दर अत्याधिक रहेको बताउँदै संक्रमणको चक्र रोक्न सकिएन भने केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म नहुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै  ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यहि गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँहरुसमेत नहुने’ भन्दै सर्तक गराएको हो ।

छिमेकी देशहरुमा देखिएका हृदय विदाकर घटना हाम्रै अगाडी देख्दा देख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिकाको निर्वाह नगरेका जनाइएको छ । अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण रहेको र हालसम्म कोभिडको उपचार गर्नसक्ने कुनै पनि औषधी वा उपाय चिकित्सा विज्ञानले विकास गर्न नसकेको अवस्थामा सरकारले तोकेका मापदण्डहरु नै निर्विकल्प उपाय भएको बताइएको छ ।

संचारकर्मीलाई मास्क प्रयोग अनिवार्य गर्न आग्रह
संचारकमी तथा संचारमाध्यमहरुलाई थप संवेदनशिल हुन आग्रह गरेको छ । कोभिड १९ को महामारीसँग जुध्नका लागि संचारकर्मी तथा संचार माध्यमले देखिएको सक्रियता र समन्वयमा सन्देश प्रवाह गरी संक्रमण रोकथामका लागि निर्वाह गरेको भूमिकामा थप संवेदनशिल हुन मन्त्रालयले आग्रह गरेको हाे ।

आमसंचारमा समाचार पढ्दा, अन्तरवार्ता लिँदा वा कुनै पनि कार्यक्रमहरुको समाचार बनाउँदा मास्को प्रयोग अनिवार्य गरिदिन तथा मास्को प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिन भनिएकाे छ ।

सार्वजनिक कार्यक्रममा सहभागी नहुन आग्रह गर्दै सबै व्यक्तिहरुलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशिल बनिदिनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १८:१० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...