back
CTIZAN AD

कांग्रेस बैठक: सरकार परिवर्तनको एजेण्डा मुख्य

वि.सं.२०७८ वैशाख १२ आइतवार

936 

shares

वैशाख १२, काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने प्रयासलाई जारी राख्ने निर्णय गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकार परिवर्तनको प्रयासलाई अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकले सरकार परिवर्तनको दिशामा कांग्रेसले गरेको प्रयास सकारात्मक बनेको पनि निष्कर्ष निकालेको छ । कांग्रेसले माओवादी केन्द्र र जसपासँगको छलफल अझ घनिभूत बनाउने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए ।

कांग्रेसले यसअघिको बैठकको निर्णयबमोजिम सरकारविरुद्व अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाएको थियो । आजको बैठकमार्फत उक्त अभियानलाई छिट्टै पूर्णंता दिने पनि निर्णय गरेको छ ।

त्यस्तै कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै कांग्रेसले केन्द्रीय समिति बैठक स्थगित गरेको छ । कांग्रेसले जनाएअनुसार सोमबार स्थगित बैठक मंगलबार बस्ने सम्भावना छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १७:४६ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...