back

कोरोना संक्रमणबाट भारतमा दुई दिनमै ५ नेपालीको मृत्यु

वि.सं.२०७८ वैशाख १४ मंगलवार

315 

shares
GLOBAL IME AD
NTC AD

१४ बैशाख,काठमाडौं । कोरोना संक्रमणबाट भारतमा दुईै दिनमै ५ नेपालीले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा डेढ दशकदेखि दिल्लीमा बस्दै आएका बुटवलका ५४ वर्षीय विष्णु पौडेलको सोमबार मृत्यु भएको छ ।

उनका आफन्त शिवलाल गौतमका अनुसार सफदरगन्ज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै सोमबार नै अर्का नेपाली चन्द्र घर्ती मगरको पनि मृत्यु भएको छ । उत्तर भारत नेपाल तरुण दलका कोषाध्यक्ष चन्दरहम्जाली मगरका अनुसार घर्ती दिल्लीको अलीगाउँमा रेष्टुराँ व्यवसाय गर्दै आएका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय दीपक विकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नोयडास्थित जिम्स अस्पतालमा सोमबार उनको मृत्यु भएको छिमेकी विष्णु केसीले बताएको मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।

त्यस्तै गोवामा कैलालीका ३० वर्षीया राधा तिरुवाको पनि उपचारकै क्रममा सोमबार मृत्यु भएको हो । अखिल भारत नेपाली एकता समाजका आरबी खड्काका अनुसार उनका श्रीमानको आइसीयूमा उपचार भइरहेको छ । रुकुमको मुसिकोटका ५७ वर्षीय शिवप्रसाद महतको संक्रमणकै कारण नासिकमा आइतबार मृत्यु भएको हो ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार ०९:१९ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...