back
CTIZAN AD

कोरोना संक्रमणबाट भारतमा दुई दिनमै ५ नेपालीको मृत्यु

वि.सं.२०७८ वैशाख १४ मंगलवार

651 

shares

१४ बैशाख,काठमाडौं । कोरोना संक्रमणबाट भारतमा दुईै दिनमै ५ नेपालीले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा डेढ दशकदेखि दिल्लीमा बस्दै आएका बुटवलका ५४ वर्षीय विष्णु पौडेलको सोमबार मृत्यु भएको छ ।

उनका आफन्त शिवलाल गौतमका अनुसार सफदरगन्ज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै सोमबार नै अर्का नेपाली चन्द्र घर्ती मगरको पनि मृत्यु भएको छ । उत्तर भारत नेपाल तरुण दलका कोषाध्यक्ष चन्दरहम्जाली मगरका अनुसार घर्ती दिल्लीको अलीगाउँमा रेष्टुराँ व्यवसाय गर्दै आएका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय दीपक विकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नोयडास्थित जिम्स अस्पतालमा सोमबार उनको मृत्यु भएको छिमेकी विष्णु केसीले बताएको मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।

त्यस्तै गोवामा कैलालीका ३० वर्षीया राधा तिरुवाको पनि उपचारकै क्रममा सोमबार मृत्यु भएको हो । अखिल भारत नेपाली एकता समाजका आरबी खड्काका अनुसार उनका श्रीमानको आइसीयूमा उपचार भइरहेको छ । रुकुमको मुसिकोटका ५७ वर्षीय शिवप्रसाद महतको संक्रमणकै कारण नासिकमा आइतबार मृत्यु भएको हो ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार ०९:१९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...