back
CTIZAN AD

निषेधाज्ञा कम्तीमा १५ दिन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

वि.सं.२०७८ वैशाख १४ मंगलवार

666 

shares

१४ बैशाख, काठमाडौं । आगामी १६ गते देखी काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा यसअघि एकसाता निषेधाज्ञा लगाउने भनिएपनि लम्बिने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित संख्या हेरेर कम्तिमा १५ दिनसम्म निषेधाज्ञा लगाउन स्थानिय प्रशासनलाइ निर्देशन दिएको छ ।

मन्त्रालयले पहाडी र हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले नै निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिएको छ ।

संक्रमणको अवस्था अध्ययन गरेर स्थानीय प्रशासनले कम्तीमा १५ दिन निषेधाज्ञा लगाउन सक्ने छन् । तर, स्थानीय प्रशासनले अकस्मात निषेधाज्ञा जारी गर्न भने नपाउने भएको छ । निषेधाज्ञा जारिगर्नुभन्दा केहि समय अघि प्रशासनले जानकारी दिनु पर्ने हुन्छ ।

उपत्यकाका अधिकारीहरूले वैशाख १६ गतेदेखि एकसाताको लागिमात्र निषेधाज्ञा लागु गर्ने निर्णय गरेपनि मन्त्रिपरिषद निर्णयअनुसार अब उपत्यकाको निषेधाज्ञा कम्तीमा १५ दिन लागु हुने छ। सबै जिल्लामा निषेधाज्ञा लागु गर्नुपर्ने अवस्था नभएकाले मन्त्रालयले संक्रमणको दर हेरेर स्थानिय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको हो ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार ११:०४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...