१४ वैशाख, काठमाडौं । इटालियन सिरी एमा एसी मिलान लाजियोसँग पराजित भएसँगै पाँचौ स्थानमा झरेको छ । गएराति भएको खेलमा एसी मिलान लाजियोसँग ३-० ले पराजित भएको हो।
लाजियोको घरेलु मैदानमा भएको खेलमा कोरेअले दोस्रो मिनेटमा र ५१ औँ मिनेटमा गोल गरेका थिए । उसका लागि तेस्रो गोल ८७ औं मिनेटमा सिरो इम्मोबाइलले गर्दै समग्रमा ३-० को सहज जित दिलाएका थिए।
यो सिजन सुधारिएको प्रदर्शन गर्दै आएको एसी मिलानले लिगको अन्त्यमा आइपुग्दा आफ्नो प्रदर्शनलाई यथावत राख्न नसक्दा तेस्रो स्थानबाट पाँचौ स्थानमा झरेको हो । आगामी सिजनको च्याम्पीयन्स लिगमा स्थान बनाउनको लागि टप चारमा स्थान बनाउन पर्ने हुन्छ । हारसँगै उसको आगामि सिजन च्याम्पीयन्स लिगमा स्थान बनाउने आशामा धक्का लागेको छ ।
सिरी एको अंक तालिकामा ३२ खेलबाट लाजियोले ६१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । हारपछि एसी मिलानको भने ३३ खेलबाट ६६ अंक रहेदै पाँचौ स्थानमा झरेको छ । समान ३३ खेल खेलेको इन्टर मिलानकाे ७९ पहिलो, एटालान्टा ६८ दोस्रो, नेपोलि ६६ तेस्रो र समान ६६ अंक रहेकको युभेन्टस चौथो स्थानमा रहेको छ ।
वि.सं.२०७८ वैशाख १४ मंगलवार ११:३४ मा प्रकाशित



























