back
CTIZAN AD

दलहरुलाई सांसद जोगाउनै मुस्किल, सबैभन्दा बढि चिन्ता राजमो र माओवादीमा

वि.सं.२०७८ वैशाख १४ मंगलवार

840 

shares

वैशाख १४, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व दर्ता अविश्वासको प्रस्तावमाथि अन्य समस्या नआए बुधबारको बैठकमा मतदान हुने सम्भावना छ । वैशाख २ मा दर्ता अविश्वासको प्रस्ताव सोमबारदेखि सुरु प्रदेशसभाको विशेष अधिवेशनमा अहिले छलफलको क्रममा छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई आगामी मुख्यमन्त्रीको रुपमा अगाडि सारिएको अविश्वासको प्रस्तावमा कांग्रेससहित माओवादी केन्द्र र जसपाका सांसदहरुको समर्थन छ । प्रस्तावमा निर्णायक मानिएको तीन सांसदसहितको राष्ट्रिय जनमोर्चाले समर्थन जनाए पनि हस्ताक्षर भने गरेको छैन् । हालसम्म स्वतन्त्र सांसद दीपक गुरुङले पनि कसलाई समर्थन गर्ने टुंगो लगाएका छैनन् ।

स्पष्ट छैन् राजमो

सत्ता अंकगणितमा निकै महत्व पाएको राष्ट्रिय जनमोर्चाले अविश्वाव प्रस्तावको पक्षमा मत हाल्छ वा हाल्दैन् अहिलेसम्म पनि स्पष्ट छैन् । प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा स्वंय राजमोभित्रै पनि विवाद छ ।

तीन सांसद भएको जनमोर्चाको अस्पष्टताको कारण कुन पक्षले जित वा हार व्यहोर्छ अन्यौंल छ । यसअघि जनमोर्चाको केन्द्रका र प्रदेश तहका दुई थरि भनाई बाहिर आएका थिए । प्रदेश तहबाट हालको मुख्यमन्त्रीलाई सहयोग गर्ने र केन्द्रबाट मुख्यमन्त्रीलाई कुनै हालतमा सहयोग नगर्ने बताइएको थियो ।

दुई थरि मनोविज्ञानको कारण सांसदहरुले पार्टीको निर्देशन बाहिर मतदान गर्नसक्ने सम्भावना छ । साथै लुम्बिनी घटना गण्डकीमा राजमोको कारण दोहोरिने सम्भावना पनि रहेको बताइएको छ ।

सबैभन्दा डर माओवादीभित्रै

कर्णाली र लुम्बिनी घटनाले गण्डकीमा कस्तो समस्या ल्याउँछ स्पष्ट छैन् । कर्णालीमा एमाले र लुम्बिनीमा जसपा विभाजित भएसँगै माओवादीभित्र पनि एमाले प्रवेश गरेको पूर्वमाओवादी समूहले समस्या पार्न सक्ने अड्कलबाजी हुन थालेको छ । एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा नजिक देखिएका केहि सांसदले फ्लोर क्रस गर्नसक्ने चिन्ता माओवादीभित्र छ ।

माओवादी एक नेताका अनुसार मुख्यमन्त्री गुरुङले आफ्नो पक्षमा तान्न कतिपय सांसदलाई विभिन्न अफरसमेत अगाडि सारेका छन् । जनाइएअनुसार मुख्यमन्त्री गुरुङले माओवादी केन्द्रका सांसदलाई एक्ला एक्लै भेट्दै मन्त्रीको अफरसमेत गरिरहेका छन् ।

विगतमा बादल नजिक देखिएका ती सांसद मन्त्रीको लोभमा भड्किने सक्ने सम्भावना रहेको बताइएको छ । मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावलाई सहज पार गर्छु भन्नुको कारण पनि माओवादी सांसदको भूमिका रहेको कतिपयले बताएका छन् ।

स्वंय प्रस्तावक रहेको माओवादी केन्द्रभित्र फ्लोर क्रस भए अविश्वासको प्रस्ताव असफल हुने निश्चित रहन्छ ।

सांसदहरुको बास रिसोर्टमा

केहि दिनदेखि कांग्रेस, माओवादी केन्द्र र जसपाले सांसदहरुको बास रिसोर्टमा गराएको छ । लुम्बिनी र कर्णाली प्रदेश घटनाबाट चेत पाएको तीन दलले सांसद जोगाउने उपाय स्वरुप यस्तो गरेको हो ।

केहि दिनदेखि नै कांग्रेस, माओवादी केन्द्र र जसपाले सांसदहरुलाई लेकसाईडस्थित कुटी रिसोर्टमा राखेका छन् । जनाइएअनुसार केहि दिनदेखि सांसदहरुलाई नजरबन्द शैलीमा उक्त रिसोर्टमा राखिएको छ । नेताहरुले भने छलफलको लागि यस्तो उपाय अबलम्बन गरिएको बताएका छन् ।

६० सदस्यीय प्रदेशसभामा नेकपा एमालेका मात्रै २७ सांसद छन् । जहाँ १५ सांसद भएको कांग्रेस, ११ सांसद भएको माओवादी र २ सांसद भएको जसपाले संयुक्त रुपमा मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभामा एमालेलाई आफ्नो पक्षमा बहुमत देखाउन थप ४ जना र गठबन्धन दललाइृ बहुमत देखाउन थप ३ सांसदको समर्थन चाहिन्छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १२:४२ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...