
१४ बैशाख, काठमाडौं। मेलम्ची खानेपानीको पानी वितरण गर्दा बिग्रेको सडक र फुटेका पाइप मर्मतका लागि सरकारले खानेपानी मन्त्रालयलाई १३ करोड बजेट स्वीकृत गरेको छ।
सोमबार बसको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयलाई १३ करोड रुपैयाँ खानेपानी मन्त्रालयलाई उपलब्ध गराउन निर्देशन दिएको थियो । बजेट निकासा भएसँगै मेलम्चीका कारण विग्रिएका सडक र पाइपलाइनको मर्मत सम्भार हुने भएको छ ।
मेलम्चीको पानीले सडक बिग्रने समस्या बढ्न थालेपछि खानेपानी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बैठकले उक्त समस्या समाधानको लागि मन्त्रिपरिषदमा प्रस्ताप लैजाने निर्णय गरेको थियोे ।
मेलम्चीको पानी केयुकेएलको पुरानै प्रणालीमार्फत परीक्षण वितरण गर्दा समस्या देखिएको थियो । मन्त्रिपरिषदले बजेट उपलब्ध गराउन अर्थमन्त्रालयलाई सिफारिस गरेपछि बैशाख १६ देखि उपत्यकामा हुन लागेको निषेधाज्ञाको समयमा सडक र पाइपलाइन मर्मतको कार्य हुने भएको छ ।