back
CTIZAN AD

एभरेष्ट बैंकको नाफामा ३५ प्रतिशतले गिरावट

वि.सं.२०७८ वैशाख १४ मंगलवार

663 

shares

१४ बैशाख, काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको नाफामा ३५.९२ प्रतिशतले गिरावट आएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा बैंकले २ अर्ब ३५ करोड २६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा यो आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ५० करोड ७४ लाख ४६ हजार रुपैयाँमा नाफा आर्जन गरेको छ ।

नाफामा गरिवट आएपनि बैंकले यो अवधिमा निक्षेप संकलनमा भने सुधार गरेको छ । गत आर्थिक वर्षको समीक्षा अवधिमा १ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा निक्षेप संकलन बढाएर १ खर्ब ५५ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, बैंकले यो आर्थिक वर्षमा कर्जा प्रवाह केहि बढाएको छ । गत आर्थिक वर्षमा १ खर्ब १२ अर्ब २१ करोड रुपैयाँ  कर्जा प्रवाह  गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब २० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १३:१९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...