वैशाख १४, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश शाहका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउसो ३ बजे बैठक बोलाइएको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता, कोभिड महामारीलगायतका विषय छलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए । उनका अनुसार आजको बैठकमा नेपाली कांग्रेससँग भईरहेको पछिल्लो छलफलबारे समिक्षा हुनेछ ।
जनाइएअनुसार एक÷दुई दिनभित्रमै अविश्वासको प्रस्ताव ल्याउनेबारे कांग्रेस र माओवादीबीच छलफल भईरहेको छ । दुवै पार्टीले जसपाको निर्णयलाई पर्खिरहेका छन् ।
वि.सं.२०७८ वैशाख १४ मंगलवार १४:०८ मा प्रकाशित






























