१४ बैशाख, काठमाडौं । नेपाल बंगलादेश बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार बैंकले चैत्रमसान्तसम्ममा ६३.०२ प्रतिशत नाफा आर्जन गरेको छ ।
बैंकले गत आ.व २०७६/७७ को चैत्र मसान्तसम्ममा १ अर्ब ५० लाख नाफा आर्जन गरेको थियो । चालु आ. वको सोही अवधिमा बैंकले १ अर्ब ६३ करोड ८४ लाख नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ६३ करोड ३४ लाख बढि हो ।
बैंकले तेस्रो त्रैमास (माघदेखि चैतसम्म) मा पनि उल्लेख्य नाफा आर्जन गरेको छ । गत आ.वको तुलनामा बैंकले यो आ.वको तेस्रो त्रैमासमा २५० प्रतिशतभन्दा बढिको नाफा आर्जन गरेको छ ।
गत आ.वको तुलनामा बैंकले यो आ.वको तेस्रो त्रैमासमा २५० प्रतिशतभन्दा बढिको नाफा आर्जन गरेको छ ।
गत अ.वमा १९ करोड ७२ लाख नाफा आर्जन गरेको बैंकले चालु आ.वको सोही अवधिमा ६९ करोड ७१ लाख रुपौँया नाफा आर्जन गरेको छ । यो गतवर्षको भन्दा ४९ करोड ९९ लाख बढि हुन आउछ ।
यसैगरी, सो अवधिमा बैंकको खराव कर्जा अनुपात, २.७६ प्रतिशत, बेसरेट ७.५६ प्रतिशत, स्प्रेडरेट ४.१५ प्रतिशत, प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा, प्रतिसेयर मूल्य ३ सय ९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ६५ रुपैयाँ ४६ पैसा, तरलता अनुपात २९. ८१ प्रतिशत र पुँजी कोष अनुपात १३.७७ प्रतिशत रहेको छ ।
वि.सं.२०७८ वैशाख १४ मंगलवार १४:१० मा प्रकाशित





























