back
CTIZAN AD

दीपक मनाङ्गेले पनि मुख्यमन्त्री गुरुङको विपक्षमा मत हाल्ने

वि.सं.२०७८ वैशाख १४ मंगलवार

669 

shares

वैशाख १४, काठमाडौं । स्वतन्त्र भनिएका सांसद दिपक मनाङ्गेले पनि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विरुद्व मत हाल्ने भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनले दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा उनले मतदान गर्ने बताएका हुन् ।

सार्वजनिक सञ्चार माध्यमसँग कुराकानी गर्दै मनाङ्गेले आफुँ राष्ट्रिय जनमोर्चाले जस्तै अविश्वासको पक्षमा समर्थन जनाएको बताए । उनले एमाले नेतृत्वको सरकार असफल भएको कारण आफुँ विपक्षमा लागेको बताए ।

यसैबीच मनाङ्गेले आफुँ स्वतन्त्र सांसद भएको भन्दै बस्ने छुट्टै लहरको व्यवस्था गर्न माग गरेका छन् । उनले आफ्नो कुर्चीको लागि प्रदेश सभा सचिवालयमा निवेदन नै गरेका छन् ।

एमालेको समर्थनमा स्वतन्त्र चुनाव जितेका उनले प्रदेश सभा सदस्यको सपथ खाएसँगै एमाले प्रवेश गरेका थिए । तर नेकपा विभाजनसँगै उनी आफुँ स्वतन्त्र बताउँदै आएका छन् ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १३:४५ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...