back
CTIZAN AD

कोरोनाको कारण देखाउँदै एमालेद्धारा प्रदेशसभा बैठक अवरुद्ध

वि.सं.२०७८ वैशाख १४ मंगलवार

561 

shares

वैशाख १४, पोखरा । गण्डकी प्रदेशसभाको मंगलबारको बैठकलाई सत्तारुढ नेकपा (एमाले)का सांसदले अवरुद्ध पारेका छन् । प्रदेश सभा बैठकको सुरुवातमै एमालेका सांसदहरुले कोरोना संक्रमण परीक्षण नगरी बैठक राखिएको भन्दै विरोध जनाएका थिए ।

एमालेका सांसद राजीब पहारीले कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञासमेत राखेको भन्दै बैठक चल्न नदिने बताए । उनले सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले कोरोना खोपको दोस्रो डोज नलगाएको कुरा बैठकमा राखेका थिए ।

एमालेको अवरोध पछि प्रदेश सभामुख नेत्रनाथ अधिकारीले केहि बेरका लागि बैठक स्थगित गरेका छन् ।

आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व वैशाख २ मा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम छ । यसअघि सोमबारको बैठकमा उक्त प्रस्ताव टेबुल भएको थियो ।

सम्बन्धित समाचार

दलहरुलाई सांसद जोगाउनै मुस्किल, सबैभन्दा बढि चिन्ता राजमो र माओवादीमा

वि.सं.२०७८ वैशाख १४ मंगलवार १३:२६ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...