back
CTIZAN AD

अपाङ्गता भएका व्यक्तिलाई कुखुराको चल्ला वितरण

वि.सं.२०७८ वैशाख १४ मंगलवार

648 

shares

१४ बैशाख, गण्डकी । अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ पोखरामा बीउ पूँजीका रूपमा कुखुराका चल्ला वितरण गरिएको छ ।

नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय पोखराको पहल एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक अतिविपन्न एवं अशक्त १५ परिवारलाई कूल ३०० चल्ला वितरण गरिएको हो ।

सामाजिक विकास मन्त्रालयको रु एक लाख ६० हजार आर्थिक सहयोगमा कुखुराको खोर सुधार, दानासहित प्रत्येक परिवारलाई २०÷२० वटाका दरले गिरिराज कुखुराका चल्ला वितरण गरिएको सेवा सङ्घका केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्त बाग्दासले जानकारी दिए ।

विभिन्न दुर्घटना तथा आजन्म शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आर्यआर्जन गरी स्वरोजगार बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्पलाई पूरा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले यस क्षेत्रमा कष्टकर जीवन बिताउन बाध्य थप ५० परिवारलाई सहयोगको आवश्यक रहेको बताए । सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले अपाङ्गता भएका व्यक्तिलाई बीउ पूँजीअन्तर्गत कुखुराका चल्ला वितरणले आयआर्जनसहित जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका संयोजक बोधराज कार्कीले सपाङ्गता भएका व्यक्तिले अपाङ्गता भएकालाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिँदै समाजका अशक्त व्यक्तिका लागि गर्न सहभागीलाई अनुरोध गरे । कार्यक्रममा समाजसेवी दामोदर शर्मा, प्रेमबहादुर गुरुङलगायतले समाजमा अपाङ्गता भएका व्यक्तिलाई सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।
रासस

वि.सं.२०७८ वैशाख १४ मंगलवार १३:२५ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ । विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने...