back
CTIZAN AD

बेङ्गलोरले आज दिल्ली क्यापिटल्सको सामना गदैँ, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ वैशाख १४ मंगलवार

681 

shares

१४ वैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको आजको खेलमा विराट कोहलीको कप्तानीमा रहेका रोयल च्यालेन्जर्स बेङ्गलोरले रिषभ पंतको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सको सामना गदैँ छ ।

केही दिन अघिमात्र दुवै टिमका केही खेलाडीहरु व्यक्तिगत कारण देखाउदैँ आईपिएलबाट बाहिरिएका छन । दिल्ली क्यापिटल्सबाट स्पिनर रविचन्द्र अश्विन र रोयल च्यालेन्जर्स बेङ्गलोरबाट फास्ट बलर केन रिचार्डसन र स्पिनर एडम जाम्पा बाहिरिएका हुन ।

यस आईपिएलमा बेङ्गलोर र दिल्ली दुवै टिमले ५ खेलबाट ४ खेलमा जित निकाल्दैँ ८ अकं जोडेका छन । नेट रन रेटका आधारमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा रहेको छ भने रोयल च्यालेन्जर्स बेङ्गलोर तेस्रो स्थानमा रहेको छ । आज जित हासिल गर्ने टिम अकं तालिकाको शिर्ष स्थानमा पुग्ने छ ।

यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म २६ खेल भएको छ जसमा बेङ्गलोरले १५ खेलमा जित हासिल गरेको छ भने दिल्लीले १० खेलमा जित हासिल गरेको छ । १ खेल भने बराबरीमा रोकिएको थियो ।

दिल्ली र बेङ्गलोर बिचको खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

बेङ्गलोरको सम्भावित प्लेइङ्ग ११
देवदत्त पाडिक्कल, विराट कोहली, शाहबाज अहमद रजत पाटीदार, ग्लेन मैक्सवेल, एबी डिविलियर्स, वाशिंगटन सुन्दर, डेन क्रिश्चियन र डेनियल सेम्स, काइल जैमीसन, हर्षल पटेल, युजवेंद्र चहल, मोहम्मद सिराज ।

दिल्लीको सम्भावित प्लेइङ्ग-११
शिखर धवन, पृथ्वी शह, स्टीभन स्मिथ, रिषभ पंत, शिमरोन हेटमाइयर, मार्कस स्टोइनिस, ललित यादव, एकसार पटेल, कागिसो रबाडा, अमित मिश्रा, अवेश खान ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १६:३३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...