मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । अपराह्नदेखि आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । साँझतिर रमाइलो जमघटमा सहभागी भइनेछ। परिवेश उल्लासमय रहे पनि बाध्यताले निरीह बनाउन सक्छ । प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च गर्नुपर्ने हुन सक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत बढ्नेछन् । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ । प्रतिस्पर्धीहरूले भने दुःख दिनेछन् ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । मिहिनेतीहरूका लागि भने दिन उपलब्धिमूलक नै रहनेछ । शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। साँझतिर बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । गोपनीयता बाहिरिनाले केही समस्या पर्न सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । वादविवाद वा खर्च हुने डरले सताउन सक्छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ने समय छ । अपराह्नदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर नाम, दाम र प्रतिष्ठा हातपार्न सकिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि दिगो काम सुरु गर्ने समय छ। धेरै बोल्दा समस्या आउन सक्छ । अपराह्नदेखि स्थितिमा सुधार आउनेछ । सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ । बोलीका भरमा काम बन्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायमा लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । अध्ययनमा प्रगति हुनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । साँझतिर परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । अपराह्नपछि बसाइको स्थानान्तरण वा यात्रा हुने सम्भावना छ । खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले साँझतिर विविन्न अवसर प्राप्त हुनेछन ्। मिहिनेतले नाम र दाम प्राप्त हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ । सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धनसञ्चय र कर्मनिश्चय गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् र जीवनशैलीमा परिवर्तन आउनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अपराह्नदेखि स्थितिमा सुधार आउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ ।
२०७८ वैशाख १५ गते, बुधवार, (२८ अप्रिल २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
राशिफल हेरेर जान्नुहोस् कस्तो रहला त तपाईको आज मंगलबारको दिन ?
वि.सं.२०७८ वैशाख १५ बुधवार ०८:०८ मा प्रकाशित