back
CTIZAN AD

बहुपदसहित माओवादीले २९९ को केन्द्रीय समिति बनाउँदै, ३५ प्रतिशत महिला तथा २० युवा र दलित १५ दलित प्रतिशत नेतृत्वमा हुने

वि.सं.२०७८ वैशाख १४ मंगलवार

783 

shares

१४, वैशाख, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आफ्ना सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले तत्कालै केन्द्रदेखि टोलतहसम्मका कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलित अनिवार्य गर्ने गरी केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको स्थायी कमिटीले पार्टीका सबै कमिटीमा कम्तीमा ३५ प्रतिशत महिला हुनुपर्ने निर्णयका साथै पार्टीको सबै समितिका पदाधिकारीमा एक जना महिला अनिवार्य राख्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । त्यस्तै २० प्रतिशत युवा (४० वर्षभन्दा कम) लाई अनिवार्य समावेश गरिनेका साथै केन्द्रिय कमिटीमा १५ प्रतिशत र तल्लो कमिटीमा २ प्रतिशत दलित समुदायबाट समाबेश गरिने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै अन्तरिम विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ ।

बैठकले कोभिड–१९ विरुद्धको अभियानका लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माग गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार २१:०५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...