back
CTIZAN AD

काेराेना कालमा पनि सगरमाथा आरोहणमा उत्साहवद्र्धक सहभागिता, ४२ समूहले पाए आरोहण अनुमति

वि.सं.२०७८ वैशाख १४ मंगलवार

813 

shares

वैशाख १४, काठमाडाैं । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४२ आरोही समूहका ३९४ जनाले आरोहण अनुमति लिएका छन् ।

यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका पर्यटन विभागले हालसम्म जारी गरेको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४२ आरोही समूह छन् । अझै केही दिन आरोही आउने भएकाले यो सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

विभागका अनुसार सगरमाथाका लागि ४२ सहित ८२ आरोही समूहका ७२३ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १३ आरोही समूह छन् । धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा आठ आरोही समूहले आरोहणको अनुमति पाएका छन् ।

कोभिड–१९ महामारीकाबीच सञ्चालन भइरहेको पर्वतारोहणका लागि ७०० भन्दा बढी विदेशीको आगमनले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ । विभागका निर्देशक मीरा आचार्यले अहिलेको असहज परिस्थितिमा पनि उल्लेख्य सङ्ख्यामा विदेशी हिमाल आरोहणमा आउनुले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश गएको बताए । उनले नेपालका आठ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै सङ्ख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाएको उल्लेख गरे ।

वसन्त यामको आरोहणमा अझै आरोही बढ्ने विभागको अनुमान छ । अप्रिल महिनाभर आरोही आउने भएकाले विभागले धमाधम पर्मिट जारी गरिरहेको छ । नेपाल सरकारले हिमाल आरोहणका लागि ३६५ दिननै आरोहण खुला राखेकाले पर्वतारोहणमा उत्साहका साथ आरोहीको आकर्षण बढ्ने जनाइएको छ ।

मे पहिलो सातादेखि सगरमाथा आरोहण

सगरमाथाको चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा पुगिसकेका छन् । मौसमले साथ दिएमा सगरमाथा आरोहण आगामी मे पहिलो साताबाट शुरु हुने विभागको अनुमान छ । “डोरी टाँग्ने टोली अहिले सगरमाथाको क्याम्प चारमा पुगेको छ । मौसमले साथ दिए सगरमाथा आरोहण यसै हप्ताबाट हुन्छ । सकेसम्म मे पहिलो सातामा सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहण शुरु गर्ने योजनामा छ”, विभागका निर्देशक आचार्यले भने ।

कोभिड महामारीका कारण सन् २०२० को वसन्त ऋतुको आरोहण स्थगित भएको थियो । सन् २०१९ को वसन्त ऋतुको आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । त्यस्तै सन् २०१८ को वसन्त आरोहणमा पनि वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ५३ करोडभन्दा बढी रोयल्टी सङ्कलन भएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । रोयल्टी जम्मा भएका हिसाबले पनि सन् २०२१ को वसन्त आरोहण उत्साहवद्र्धक देखिएको छ । सन् २०१९ मा वसन्त यामको आरोहणबाट रु ५१ करोड रोयल्टी जम्मा भएको थियो । रासस

वि.सं.२०७८ वैशाख १४ मंगलवार १७:५२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...