Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोना रोकथामका लागि सर्वपक्षिय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग



१५ बैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कोरोना महामारीको दोस्रो लहरबाट जनताको जनजीवन रक्षाका लागि सर्वपक्षिय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले नेपालमा तिब्ररुपमा बढिरहेको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक समाज, चिकित्शाकर्मी, जनस्वास्थ्यविद्, सामाजिक संघसंस्था, स्वास्थ्यकर्मीहरुलगायत सबै एकताबद्ध भएर हातेमालो गर्दै अगाडि बढ्न समेत अपिल गरेको छ ।

नेपालमा कोरोनाको दोस्रो लहर तिब्ररुपमा अघि बढिरहेका बेला जनताको जनजीवनको रक्षाको प्रश्न, जनस्वास्थ्यको प्रश्न, राष्ट्रिय अर्थतन्त्रको प्रश्न, सामाजिक अवस्थाको प्रश्नमा सत्रबैतिर नकारात्मक असर पार्ने खतरा बढ्दै गइरहेकाले यसका निम्ति सर्वपक्षिय राजनीतिक संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने पार्टीका वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले बताए ।

केन्द्रले छिमेकी देश भारतमा कोरोनाको महामारी भयावह रुपमा फैलिएको र नेपाल–भारत सीमामा आवत जावत खुला भएकाले कोरोना रोकथाम र नियन्त्रणका लागि ती नाकाहरुमा कडाइकमा साथ नियन्त्रण गर्ने, नेपाली नागरिकहरु मात्र नेपाल आउने स्थितिलाई कडाइपूर्वक लागु गर्ने र नेपाल आउने नागरिकलाई अनिवार्य परीक्षण प्रक्रियामा सामेल हुन र अन्य स्वास्थ्य मापदण्डको प्रक्रिया पूरा गर्नका लागि कडाइ गर्न समेत सरकारसमक्ष माग गरेको छ ।

कोरोना महामारीको रोकथाम र नियन्त्रणको निम्ति सरकार संवेदनशील र जिम्मेवार भएर लाग्न माग गर्दै केन्द्रले कोरोना संक्रमण भएका र नभएकाहरु दुवै एउटै अस्पतालमा जानुपर्ने समस्या देखिएकाले निजि अस्पतालहरु समेतसँग सल्लाह सुझाव लिएर कोभिडका विरामी मात्र उपचार गर्ने अस्पतालको व्यवस्था तत्काल गर्नुपर्ने समेत प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै अक्सिजन, भेन्टिलेटर र आइसीयुको व्यवस्था गर्न, शून्य अवस्थामा पुगेका आइसोलेशन सेन्टरहरुको चुस्त व्यवस्था गर्न, आवस्यक स्वास्थ्य सामग्री तथा औषधिहरुको व्यवस्थागर्न र फ्रन्टलाइनमा रहेका चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा सुरक्षाकर्मीहरुका लागि कामगर्ने उपर्युक्त वातावरण सुनिश्चित गर्न समेत केन्द्रले माग गरेको छ ।

केन्द्रले कोरोना महामारीका कारण कोभिड–१९ बाट बढी प्रभावित भएका मजदुर, किसानलगायतलाई छाक टार्न नै समस्या हुने स्थिति आउने देखिएकाले उनीहरुका लागि तत्काल राहत प्याकेज दिन समेत माग गरेको छ ।

सोहि बैठकले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि स्वयम्सेवक भावका साथ परिचालित हुन समेत अनुरोध गरेको नेता श्रेष्ठले जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा