१५ वैशाख, काठमाडौँ । अहमदाबादमा भएको दिल्ली र बेङ्गलोर बिचको रोमाञ्चक खेलमा बेङ्गलोरले १ रनले विजयी हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको बेङ्गलोरले २० ओभरमा ५ विकेट गुमाएर१ १७१ रन बनाएको थियो । बेङ्गलोरका लागि ब्याटिङ्गमा एबी डि भिलियर्सले सर्वाधिक ७४ रनको पारी खेलेका थिए भने दिल्लीका लागि बलिङ्गमा इशांत शर्मा, कागिसो रबाडा, आवेश खान, अमित मिश्रा र अक्सर पटेलले समान १/१ विकेट लिएका थिए ।
बेङ्गलोरले दिएको १७२ रनको लक्ष्य दिल्लीले पुरै २० ओभर खेल्दाँ पनि पुरा गर्न सकेन । दिल्लीको टिमले २० ओभरमा ४ विकेट गुमाएर १७० रनमात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान रिषभ पंतले ५८ र शिमरोन हेटमायरले ५३ रन बनाए पनि टिमलाई जित भने दिलाउन सकेनन् । बेङ्गलोरका लागि हर्षल पटेलले उत्कृष्ट बलिङ्ग गदैँ सर्वाधिक २ विकेट लिएका थिए ।
जितसँगै बेङ्गलोर ६ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको पहिलो स्थानमा उक्लिएको छ भने दिल्ली क्यापिटल्स तेस्रो स्थानमा झरेको छ ।
वि.सं.२०७८ वैशाख १५ बुधवार १०:१६ मा प्रकाशित


























