
१५ बैशाख, काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको नाफा २०.८२ प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ९३ करोड ५२ लाख ८३ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको भन्दा झण्डै २० करोडले बढिहुन आउछ ।
नाफामा बृद्धि भएपनि बैंकको ब्याज आम्दानीमा भने गिरावट आएको छ । बैंकले गत आर्थिक वर्षको समीक्षा अवधिमा ब्याज आम्दानी २ अर्ब ९९ करोड रुपैयाँ गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ५७ करोड रुपैयाँ मात्र आर्जन गरेको छ ।
यता, बैंकको खराब कर्जा १.९४ प्रतिशत, कस्ट अफ फण्ड ४.९८ प्रतिशत, सीसीडी रेसियो ७८.६३ प्रतिशत, बेसरेट ७.२३ प्रतिशत र स्प्रेड रेट ३.६८ प्रतिशत, प्रतिसेयर आम्दानी १५.८८, मूल्य आम्दानी अनुपात २०.५३, प्रतिसेय नेटवर्थ १५२.३७ रहेको छ ।