१५ वैशाख, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेलको टि-२० वरियतामा व्यापक सुधार आएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टि-२० वरियतामा उनले ३२ स्थान सुधार गरेका हनु । उनी नयाँ वरियता अनुसार ६१ औँ स्थानमा उक्लिएका छन । आईसीसीले यस अघि सार्वजनिक गरेको वरियतामा उनी ९३ औँ स्थानमा रहेको थिए ।
हालै सम्पन्न मलेसिया र नेदरल्याण्ड विरुद्धको त्रिकोणात्मक टि-२० श्रृखलाबाट उनले नेपालका लागि डेब्यू गरेका थिए । उनी त्यस श्रृखलामा प्लेयर अफ द सिरिज घोषित भएका थिए । कुशलले ५ खेलमा ४ अर्धसतक बनाएका थिए । उनले बंग्लादेशका साकिब अल हसन, अष्ट्रेलिया स्टिवन स्मिथ, भारतका रिषभ पंत जस्ता दिग्गज खेलाडीहरुलाई पछि पारेका छन ।
नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल ९४ औँ स्थानमा उक्लिएका छन । त्यसैगरी पारस खड्का ८८ औँ स्थानमा रहेका छन भने बलिङ्ग तर्फ सन्दिप लामिछाने ७७ स्थानमा रहेका छन ।
वि.सं.२०७८ वैशाख १५ बुधवार १५:३१ मा प्रकाशित


























