
१७ बैशाख, काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा उपचारका क्रममा एक पुरुषको मृत्यु भएको छ ।
अस्पतालका अनुसार सैनामैना ६ रुपन्देहीका ५७ वर्षीय पुरुषको उपचारका क्रममा विहीवार बिहान ११ः३० मृत्यु भएको हो ।
घरमै होम आइसोलेशनमा रहेका उनमा उच्च ज्वरो तथा श्वास प्रश्वासमा समस्या भएपछि अस्पतालमा ल्याइएका उनमा बुधबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको अस्पतालको फिवर क्लिनकमा उपचारकै क्रममा मृत्यु भएको हो ।