back
CTIZAN AD

कञ्चनपुरमा कोरोना सङ्क्रमित तीनको मृत्यु

वि.सं.२०७८ वैशाख १८ शनिवार

687 

shares

१८ बैशाख, कञ्चनपुर । कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो ।

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले बताए। यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ ।

यसैबीच पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफण्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३३ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको छ ।

ताप्लेजुङमा कोरोना सङ्क्रमितको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्तिमाया तुम्बाहाम्फे लिम्बूको गए राति मृत्यु भएको हो । बिर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

मुटुको समस्याका कारण विगत केही दिनअघिदेखि बिर्तासिटी अस्पतालमा उपचाररत लिम्बूलाई बिहीबार सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि परिवारले होमक्वारेन्टिनमा राख्ने भन्दै शुक्रबार घर ल्याएका थिए । मृतकको आज परिवारका सदस्यले दाहसंस्कार गर्ने भएका छन् । दाहसंस्कार गर्नका लागि मृतकका आफन्त तथा परिवारका चार जनालाई पिपिइ उपलब्ध गराइने प्रजिअ पाण्डेले बताए ।

सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले नै गर्नुपर्नेमा परिवारलाई नै जिम्मा लगाउनु लापरवाही भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । यसले थप सङ्क्रमण फैलिने जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका हुन् ।
रासस

वि.सं.२०७८ वैशाख १८ शनिवार १०:४३ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...