back
CTIZAN AD

कोरोनाको संक्रमितको उपचारका लागि बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद-कांग्रेस

वि.सं.२०७८ वैशाख १८ शनिवार

726 

shares

१८ बैशाख,काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले कोरोना संक्रमितको उपचारका लागि बडे छैन भन्नु लाचारी र लज्जास्पद भएको बताएका छन् ।

उनले कोरोना महामारीको अवस्थामा राज्यद्धारा नागरिकलाई गम्भीर बन्न अपिल गर्नु स्वभाविक र आवस्यक भएपनि ‘अस्पतालमा शैथ्या उपलब्ध गराउन नसकिने भइसकेको’ भन्ने सरकारको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको उनले बताएका छन् ।

‘पूरै वर्ष दिन सत्ता द्धन्द्धमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर प्रयाप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अहिले आएर बेड, भेन्टिलेटर, अक्सिजन आदि प्रयाप्त छैन भनेर निरीहता प्रस्तुत गने ? इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो,’प्रवक्ता शर्माद्धारा शनिबारी जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो निरहीता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न । नेपाली कांग्रेस लाचार अभिव्यक्त बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यका क्षमता विस्तार गर्न सरकारलाई अपिल गर्दछ ।’

वि.सं.२०७८ वैशाख १८ शनिवार १२:४४ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...