back
CTIZAN AD

भारतमा आइतबार ३ लाख ६९ हजार बढीमा कोरोना संक्रमण, ३४ सय बढीको मृत्यु

वि.सं.२०७८ वैशाख २० सोमवार

864 

shares

२० बैशाख,दिल्ली । भारतमा आइतबार ३ लाख ६९ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सोहि अवधिमा २ लाख ९९ हजार ८०० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ३४२१ जनाले ज्यान गुमाएका छन् ।

भारतमा शनिबार र आइतबार कोरोना संक्रमित हुनेको संख्या घटेको छ ।

भारतमा हालसम्म १ करोड ९९ लाख कोरोना संक्रमित भएका छन् भने सोहि अवधिमा निको हुनेको संख्या १ करोड ६२ लाख रहेको छ । समाचार ऐजेन्सीका अनुसार हालसम्म संक्रमणबाट २ लाख १८ हजारले ज्यान गुमाएका छन् भने ३४ लाख १० हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

त्यसैगरी भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा आइतबार ५६ हजार ६४७ जना संक्रमित थपिएका छन् भने सोहि अवधिमा ५१ हजार ३५६ संक्रमित संक्रमणबाट मुक्त भएका छन् । साथै सोहि अवधिमा ६६९ जनाले ज्यान गुमाएका छन् ।

महाराष्ट्रमा अहिले पनि ६ लाख ६८ हजार ३५३ सक्रिय संक्रमितको उपचार भइरकोछ । त्यहाँ हालसम्म ७० हजार २८४ जनाले ज्यान गुमाइसकेको छन् ।

दिल्लीमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ११ लाख ९४ हजारमा संक्रमण पुष्टि भएको छ । ती मध्ये १० लाख ८५ हजार कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हालसम्म १६,९६६ जनाले ज्यान गुमाइसकेका छन् । दिल्लीमा हाल ९२ हजार २९० संक्रमितको उपचार भइरहेको छ ।

कोरोनाबाट ज्यान गुमाउने भारत विश्वकै तेस्रो बन्यो
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा भारत तेस्रो देश बनेको छ ।

संक्रमणबाट सबैभन्दा बढी मानिसको ज्यान गुमाउनेमा अमेरिका पहिलो नम्बरमा परेको छ । अमेरिकामा हालसम्म ५ लाख ९२ हजारले ज्यान गुमाइसकेका छन् भने दोस्रोमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म ४ लाख ७ हजारले ज्यान गुमाइसकेका छन् भने भारत तेस्रो देश बनेको छ । भारतमा २ लाख १८ हजार नागरिकको संक्रमणबाट मृत्यु भएको छ । साथै चौथो नम्बरमा मेक्सिको रहेको छ । मेक्सिकोमा हालसम्म २ लाख १७ हजार जनाको ज्यान गएको छ ।

भारतमा २४ घण्टामा थपिए झण्डै ४ लाख कोरोना संक्रमित, ३६८४ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख २० सोमवार ११:३४ मा प्रकाशित

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...