back

भारतमा आइतबार ३ लाख ६९ हजार बढीमा कोरोना संक्रमण, ३४ सय बढीको मृत्यु

वि.सं.२०७८ वैशाख २० सोमवार

429 

shares
GLOBAL IME AD
NTC AD

२० बैशाख,दिल्ली । भारतमा आइतबार ३ लाख ६९ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सोहि अवधिमा २ लाख ९९ हजार ८०० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ३४२१ जनाले ज्यान गुमाएका छन् ।

भारतमा शनिबार र आइतबार कोरोना संक्रमित हुनेको संख्या घटेको छ ।

भारतमा हालसम्म १ करोड ९९ लाख कोरोना संक्रमित भएका छन् भने सोहि अवधिमा निको हुनेको संख्या १ करोड ६२ लाख रहेको छ । समाचार ऐजेन्सीका अनुसार हालसम्म संक्रमणबाट २ लाख १८ हजारले ज्यान गुमाएका छन् भने ३४ लाख १० हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

त्यसैगरी भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा आइतबार ५६ हजार ६४७ जना संक्रमित थपिएका छन् भने सोहि अवधिमा ५१ हजार ३५६ संक्रमित संक्रमणबाट मुक्त भएका छन् । साथै सोहि अवधिमा ६६९ जनाले ज्यान गुमाएका छन् ।

महाराष्ट्रमा अहिले पनि ६ लाख ६८ हजार ३५३ सक्रिय संक्रमितको उपचार भइरकोछ । त्यहाँ हालसम्म ७० हजार २८४ जनाले ज्यान गुमाइसकेको छन् ।

दिल्लीमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ११ लाख ९४ हजारमा संक्रमण पुष्टि भएको छ । ती मध्ये १० लाख ८५ हजार कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हालसम्म १६,९६६ जनाले ज्यान गुमाइसकेका छन् । दिल्लीमा हाल ९२ हजार २९० संक्रमितको उपचार भइरहेको छ ।

कोरोनाबाट ज्यान गुमाउने भारत विश्वकै तेस्रो बन्यो
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा भारत तेस्रो देश बनेको छ ।

संक्रमणबाट सबैभन्दा बढी मानिसको ज्यान गुमाउनेमा अमेरिका पहिलो नम्बरमा परेको छ । अमेरिकामा हालसम्म ५ लाख ९२ हजारले ज्यान गुमाइसकेका छन् भने दोस्रोमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म ४ लाख ७ हजारले ज्यान गुमाइसकेका छन् भने भारत तेस्रो देश बनेको छ । भारतमा २ लाख १८ हजार नागरिकको संक्रमणबाट मृत्यु भएको छ । साथै चौथो नम्बरमा मेक्सिको रहेको छ । मेक्सिकोमा हालसम्म २ लाख १७ हजार जनाको ज्यान गएको छ ।

भारतमा २४ घण्टामा थपिए झण्डै ४ लाख कोरोना संक्रमित, ३६८४ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख २० सोमवार ११:३४ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...