back
CTIZAN AD

राष्ट्रिय सभाको उपचुनावमा एमाले–एमालेबीच भिडन्त, बादलविरुद्व साझा उम्मेदवार बने खिमलाल

वि.सं.२०७८ वैशाख २२ बुधवार

906 

shares

वैशाख २२, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले–एमालेबीच भिडन्त हुने भएको छ ।

बागमती प्रदेशतर्फ रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेतर्फबाट रामबहादुर थापा ‘बादल’लाई उम्मेवादर बनिरहँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपासहितको गठबन्धनबाट एमालेको माधवकुमार नेपाल समूहका डा. खिमलाल देवकोटालाई साझा उम्मेदवारका रुपमा अघि सारिएको हो । उपेन्द्र यादवको निवास हात्तिवनमा दलहरुबीच भएको छलफलमा राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो ।

माधव पक्षबाट उम्मेदवार बनेपनि देवकोटा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हबाट लड्नेछन् । बागमतीमा एमालेको एकल बहुमत भएपनि माधव पक्षबाट साझा उम्मेदवार बनाइएसँगै गठबन्धन बलियो देखिएको छ ।

यसैबीच दलहरुबीच लुम्बिनी प्रदेशसभामा रिक्त पदमा कांग्रेसका दृगनारायण पाण्डेलाई अघि सार्ने सहमती भएको छ । पाण्डे हालै एमाले प्रदेशसभाबाट राजीनामा दिई कांग्रेस प्रवेश गरेका थिए ।

निर्वाचन आयोगले बागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि आगामी जेठ ६ गते उपनिर्वाचन गर्दैछ ।

वि.सं.२०७८ वैशाख २२ बुधवार १६:०५ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...