
२६ वैशाख, काठमाडौं । लोकसेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि पूर्वसचिव माधव रेग्मीको नाम सिफारिस गरिएको छ ।
संवैधानिक परिषद्को आइतबारको बैठकले आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको हाे। लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो।
पूर्वसचिव रेग्मी काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट सिफारिस भएको बताइएको छ । देउवा बैठकमा सहभागी नभए पनि उनको कोटाबाट झापाका रेग्मीकाे नाम सिफारिस भएकाे हाे ।
परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ।
प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको उपस्थिति रहेकाे थियाे भने प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद् बैठक बहिस्कार गरेका थिए ।