back
CTIZAN AD

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको नाम सिफारिस

वि.सं.२०७८ वैशाख २६ आइतवार

675 

shares

२६ वैशाख, काठमाडौं । लोकसेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि पूर्वसचिव माधव रेग्मीको नाम सिफारिस गरिएको छ ।

संवैधानिक परिषद्को आइतबारको बैठकले आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको हाे। लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो।

पूर्वसचिव रेग्मी काँग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट सिफारिस भएको बताइएको छ । देउवा बैठकमा सहभागी नभए पनि उनको कोटाबाट झापाका रेग्मीकाे नाम सिफारिस भएकाे हाे ।

परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ।

प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको उपस्थिति रहेकाे थियाे भने प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद् बैठक बहिस्कार गरेका थिए ।

वि.सं.२०७८ वैशाख २६ आइतवार १६:१५ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...